२१ पुष २०८१, आईतवार
,
Latest
‘स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्य’ भीम रावलबारे एमाले नेताहरुः पार्टी निर्णयविरुद्ध लाग्दा निष्कासित गर्नु सामान्य र औपचारिक प्रक्रिया ‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरूरी’ सिड्नी टेस्टमा भारतको हारको ५ कारण जय ट्रफीः मधेश प्रदेश १०२ रनमा अलआउट, सन्दिपले लिए ५ विकेट मानव सेवाभन्दा ठूलो अर्को धर्म छैनः राष्ट्रपति ठूलो आँधीबेहरी, हिमबर्षा र चिसो चिन्ताले अमेरिकाका अधिकांश भाग आक्रान्त गाजामा इजरायली हवाई आक्रमण र गोलाबारीमा कम्तीमा १८४ जनाको मृत्यु: हमास संविधान संशोधनका क्रममा संघीयता र व्यवस्थामाथि कुनै सम्झौता गर्दैनौंः सन्तोष परियार मानव सेवाभन्दा ठूलो अरु कुनै धर्म छैन: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैँडाको आक्रमणबाट एकको मृत्यु, पाँच घाइते



अ+ अ-

चितवन । गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१३ जयमङ्गलामा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार स्थानीय जङ्गलबाट गैँडा बस्तीमा प्रवेश गरेपछि घटना भएको हो ।

मृत्यु हुनेमा रत्ननगर–१६ बस्ने ७० वर्षीया कृष्णाकुमारी थापा रहेकी छिन् । दिउँसो पौने २ बजे गैँडाको आक्रमणबाट गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

गैँडाको आक्रमणबाट अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा मृतक थापाका श्रीमान् ७८ वर्षका डम्बरबहादुर थापा, रत्ननगर–१२ का ७२ वर्षका चेतनाथ चौलागाई वडा नं १२ कै ३९ वर्षीया सीता पोखरेल, २५ वर्षीया पुजन विक, रत्ननगर–१४ की ६० वर्षीया मीना गुरूङ रहेका छन् । घाइतेको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।