३१ जेष्ठ २०८३, आईतवार
,
Latest
पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन ‘ड्यु प्रोसेस अफ ल’ पालना गर्न सरकारलाई काँग्रेस सभापति थापाको चेतावनी लागुऔषधसहित ३१ जना पक्राउ बजेटले मध्यम वर्गलाई राहत होइन, व्ययभार मात्र थप्योः सभापति थापा सुनितालाई घरमै नागरिकता युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

आनी छोइङ डोल्माको गीत ‘जिन्दगीको पाठशाला’ सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । संगीत र समाजसेवामा सक्रिय आनी छोइङ डोल्माको ‘जिन्दगीको पाठशाला ‘बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

ओएसआर डिजिटल मार्फत सार्वजनिक गीतमा प्रशासनविद् तथा वरिष्ठ गीतकार डा दामोदर रेग्मीको शब्द रहेको छ ।

संगीतमा कृति न्यौपाने छन् भने पुरुषोत्तम सुवेदीले एरेन्ज गरेका छन् । किशोर थापाको मिक्सिङ मास्टरिङ र राकेश श्रेष्ठको रेकर्डिङ रहेको यस भिडियोमा वरिष्ठ अभिनेत्री मिथिला शर्माको अभिनय रहेको छ ।

यो गीतको भिडियो काठमाडौँको दरबार हाइस्कुल, भानुभक्त मावि र कीर्तिपुरको पुष्प सदन मावि तथा स्वयम्भूमा छायांकन गरिएको छ । भिडियोमा उत्सव दाहालको छायाङ्कन, मीन रावलको सम्पादन र कृष्णदेव रूपाखेतीको निर्देशन रहेको छ ।