१२ माघ २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुँडिखेलमा तमु ल्होसार (तस्बिरहरु)



अ+ अ-

काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार मनाइरहेका छन् ।

तमु ल्होसारको अवसरमा काठमाडौँमा सोमबार गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय कार्यसमितिले पदयात्रा तथा र्‍याली आयोजना गरेको छ । र्‍यालीमा मौलिक पहिचान झल्किने घरको प्रतिबिम्बको साथमा गुरुङ समुदायको जातीय वेशभूषामा सहभागी भएका छन् ।

‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् ।

हेरौँ टुँडिखेलमा तमु ल्होसारको रौनकको तस्बिरहरुः