काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज का लागि तय भएको सचिवलय बैठक आईतबार चार बजे सम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री एबं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दहाल बीचको परमर्श पछि बैठक स्थगित गरिएको हो ।
बैठकमा अमेरिकाको राजदुतमा डा.युबराज खतिवडालाई नियुक्ति को सिफारिस पछि उत्पन्न असन्तुष्टि अन्य राजनीतिक नियुक्ति लगायतका बिषयमा छलफल गर्न बैठक बोलाईएको थियो । बैठकमा मन्त्री परिषद्को पुर्नगठन र सागंठनीक एकताको बाकि रहेका काम का बारेमा पनि छलफल गरी निष्कर्षमा पुर्योउने तय भएको थियो ।










