२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ पार्टी खोल्ने तयारीमा भीम रावल, बुधबार पत्रकार सम्मेलन गर्दै



file photo
अ+ अ-

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका डा भीम रावलले बुधबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने लागेका छन् । आगामी कार्य योजनाबारे जानकारी दिन रावलले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

काठमाडौंको कार्की बैन्क्वेटमा हुन लागेको पत्रकार सम्मेलनमा उनले आफ्ना कुरा राख्ने र भावी कार्य योजनाका बारे जानकारी दिने बताईएको छ । साथै, उनले नयाँ पार्टी घोषणा गर्ने रावलको निकट स्रोतले बतायो ।

एमालेको कारबाहीपछि रावलले नयाँ पार्टी खोल्नेबारे आन्तरिक छलफल गरिरहेका छन् । सोमबार बिहान मात्रै उनले नेपाली कांग्रेसका उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा तारा जोशीसँग भेटवार्ता गरेका थिए ।

एमालेको बुधवार बसेको सचिवालय बैठकले रावललाई पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो ।