२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलीको शानदार प्रदर्शन, बैंगलोरद्वारा राजस्थान पराजित



अ+ अ-

दुबईः इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत शनिबार भएको पहिलो खेलमा विराट कोहलीको शानदार प्रदर्शनका कारण रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ । २० ओभरको खेलमा राजस्थान रोयल्स ८ विकेटले पराजित भयो ।

राजस्थान रोयल्सले टस जिती पहिले ब्याटिङ रोजेको थियो । राजस्थानका कप्तान स्टिभन स्मिथ व्यक्तिगत ५ रन बनाएर इसुरु उडानाको बलमा आउट भएका थिए भने जस बटलर पनि २२ रन बनाएर नवदीप सैनीको बलमा आउट भए ।

युवा क्रिकेटर महिपाल लमरोरले ४७ तथा राहुल तेबतीयाले बनाएको २४ रनको मद्दतले राजस्थानले ६ विकेट क्षतिमा १५४ रन बनाएको थियो ।

राजस्थानलाई सस्तोमै समेट्ने क्रममा बैंगलोरका यजुबेन्द्र चहलले ३ विकेट लिएका थिए । अर्का बलर इसुरु उडानाले २ विकेट लिएका थिए ।

जितका लागि १५५ रनको लक्ष्य पाएको बैंगलोरले १९.१ ओभरमा १५८ रन बनाएर जित प्राप्त गरेको थियो । बैंगलोरका लागि ओपनिङ ब्याट्सम्यान देवदत्त पाडिकलले ६३ र आरोन फिन्चले ८ रन बनाएका थिए ।

तर जितका हिरो भए विराट कोहली । यसअघिका खेलमा राम्रो प्रदर्शन गर्न नसकेका कप्तान कोहलीले ५३ बलमा ७२ रनको नटआउट पाली खेले । उनले ७ चौका र २ छक्का प्रहार गरे । 

यस जितसँगै बैंगलोरले ४ खेलबाट ६ अंक सहित पहिलो स्थानमा उक्लिएको छ ।

अन्तिम स्थानमा रहेको चेन्नाई सुपर किंग्सको ४ खेलबाट २ अंक मात्र छ, र ऊ अंक तालिकामा पुछारमा छ ।

आजै शनिबार दिल्ली क्यापिटल्स र कोलकोता नाइट राइडर्सबीच खेल हुँदैछ । टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २ ओभरको खेलमा बिनाक्षति १६ रन बनाइसकेको छ । यस खेलमा पनि नेपाली युवा बलर सन्दीप लामिछानेले माैका पाएका छैनन् ।