४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

उत्तरायणको धार्मिक महत्व 

उत्तरायणको धार्मिक महत्व 
अ+ अ-

वैदिक पञ्चाङ्ग अनुसार वर्ष दुई प्रकारको हुन्छ – चन्द्र वर्ष र सूर्य वर्ष। चन्द्र वर्षको महिनालाई चन्द्र मास भनिन्छ, चन्द्र मासमा दुईवटा पक्ष हुन्छ- कृष्ण पक्ष र शुक्ल पक्ष। सूर्य वर्षमा दुईभाग हुन्छ- उत्तरायण र दक्षिरायन। ज्योतिष शास्त्रका अनुसार एक वर्षमा दुई अयन पर्दछ, अयनको अर्थ गति हुन्छ। अयन सूर्यको गतिको आधारमा समय मापन गर्ने एकाई हो। पुरा वर्ष सूर्य गतिशील रहने हुँदा सूर्यको अवस्था द्वारा ऋतुका निर्धारणका हुन्छ। वैदिक धर्म शास्त्रमा अयन ` समय प्रणाली ´ हो जसमा ऋतुका ज्ञान पाँइन्छ। सूर्यपथ यानी क्रान्तिवृत्तको प्रथम अंशका विभाजन उत्तर र दक्षिण गोलको मध्यवर्ती ध्रुव द्वारा मानिएको हुन्छ, यहीँ विभाजनलाई  `उत्तरायण´ र `दक्षिणायन´ भनिन्छ।

सूर्यको स्थिति अनुसार वर्षको आधा भागलाई अयन भनिन्छ, एक वर्ष दुई अयन बराबर समयावधि हुन्छ। एक अयन देवताका एक दिन हुन्छ भन्ने ३६० अयन देवताका एक वर्ष बन्दछ।

उत्तरायण देवताको दिन दक्षिणायन रात्रि मानिन्छ। सूर्यले आफ्नो भ्रमण कालमा हरेक महिनामा राशि परिवर्तन गर्दछ, यसै भ्रमण कालमा सूर्य छ महिना उत्तरायण र छ महिना दक्षिणायन हुन्छ, भन्ने ऋतुमा सूर्यको  गति अर्थात् कालान्तर मानिन्छ।

यस सम्बन्धमा ज्यिती:सारमा उल्लेख्य छ कि –

शिशिरपूर्वमृतुत्रयमुत्तरं ह्ययनमाहुरवेश्च तदामरम् ।

भवतिदक्षिणमन्यमृतुत्रयं निगदिता रजनी मरुतां हिसा ।।

                                     ज्योति:सार: (अयनप्रकरणम् )

पञ्चाङ्ग अनुसार एक वर्षमा दुईवटा संक्रान्ति पर्दछ। पञ्चाङ्ग निर्माणमा सूर्य र चन्द्रमाको गतिका अवस्थितिलाई मुख्य मानिन्छ भने त्यस्तै अयन प्रकरणमा सूर्यको गति मुख्य मानिन्छ – जब सूर्यले आफ्नो स्थिति बदल्छ र सूर्य उत्तर दिशामा प्रवेश गर्दछ सो गतिलाई उत्तरायन तथा जब सूर्य  दक्षिण दिशामा  प्रवेश गर्दछ सो गतिलाई दक्षिणायन भनिन्छ। इन चरणलाई शितकालीन संक्रान्ति र ग्रीष्मकालीन संक्रान्ति भनेर पनि जान्न सकिन्छ। यी चरण छ – छ महिनाको अवधीसम्म चल्छ। यसलाई ज्योतिषीय दृष्टिकोण बाट हेर्ने हो भन्ने – सूर्यले वर्षमा दुई पटक राशि परिवर्तन गर्दछ –  सूर्य कर्कट राशि देखि धनु राशिसम्मको गमन अवधिलाई सूर्य दक्षिणायन काल मानिन्छ भन्ने सूर्य मकर राशि देखि मिथुन राशिसम्मको गमन अवधिलाई सूर्य उत्तरायण काल मानिन्छ।

सूर्य उत्तरायण – मकर संक्रान्तिका दिन यानी माघ १ गते देखि सूर्य पृथ्वीको उत्तरी गोलार्धमा रहन्छ, यसको समयावधि लगभग छ महिनाको रहन्छ। शिशिर ऋतुको उत्तरार्ध सँगै उत्तर तर्फ सूर्यको झुकाब यानी गति हुनु हो। बिस्तारै पृथ्वीको उत्तरी गोलार्धमा दिन लामो र रात छोटो हुन थाल्छ। गीता तथा धार्मिक ग्रन्थमा सूर्य उत्तरायण हुनु विशेष महत्त्व दिएको पाँइन्छ। यिनै मान्यताका कारण उत्तरायणका सामान्य अर्थ उत्तरी भाग हुन्छ, पुरा साल सूर्य उत्तरी गोलार्ध र दक्षिणी गोलार्धमा भ्रमण गर्दछ।

यस सूर्य उत्तरायणका विषयमा शास्त्रीय एवं धार्मिक मान्यता पाँइन्छ – मकर संक्रान्तिका दिन सूर्य उत्तरायण भएसँगै देवलोकमा दिन आरम्भ हुने मान्यता छ। प्रकृति र पर्यावरणमा बदलाव हुनु, पृथ्वीमा नयाँ रोसनी छाँउनु साथै शीत ऋतुका कारण प्रकृति, जीव- जन्तु, बोट बिरुवा, वनस्पति ठन्डा या शितोष्ण अवस्थामा वातावरणीय तापमान प्रायः निम्न रहने हुनाले सूर्यको गतिसँगै प्रकृतिमा बदलाव आउने बिस्तारै न्यानो र नयाँ ऊर्जा महसुस हुनु थानु हो। यहाँ गर्मी, सर्दी, वर्षा, पतझड र वसन्त आदि ऋतुका आगमनसँगै जल संसाधन, वन एवं अन्य पारिस्थितिक तन्त्र, कृषि, उर्जा उत्पादन, आधारभूत संरचना, पर्यटका साथै मानव स्वास्थ्यमा प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभाव पार्दछ। अयन परिवर्तनले मानव जीवन तथा प्राकृतिक पारिस्थितिक तन्त्रमा समेत असर गर्छ।

शास्त्रीय दृष्टिकोण बाट हेर्ने हो भन्ने सूर्य उत्तरायण हुदा स्वर्गका ढोका खुल्ने र यस समय देह त्याग भएका जीव स्वर्गमा प्रवेश मिल्ने कथन पाँइन्छ। जब कृष्ण पक्षमा देह त्याग भएका जीव पुनः आफ्नो कर्मको फल भोग्नका निमित्त पृथ्वीमा जन्मलिई आउनु पर्ने पौराणिक मान्यता छ। महाभारत कालको एक घटना यस सन्दर्भमा उल्लेख गर्न सकिन्छ – भीष्म पितामह बाणका शैयामा अपार कष्ट भोगीरहनु मृत्यु उनीको इन्छाको अधिनमा थियो परन्तु भीष्म पितामहले आफ्नो देह त्याग गर्नु भएन। भीष्म पितामहले सूर्य उत्तरायण हुने पर्खाइ गरिरहनु भयो, उत्तरी गोलार्धमा सूर्यको गमनसँगै भीष्म पितामहले भगवान श्रीकृष्णलाई वंदना गर्दै देह त्याग गर्नुभयो। ” देहांते तब सानिध्यम ” अर्थात्  जब मृत्यु हुन्छ तब भगवान सम्मुख हुन्छन् , यहाँ भीष्म पितामहको मृत्युको समय भगवान श्रीकृष्ण उनका सम्मुख खडा हुनुहुन्थ्यो र उनै भगवानको दर्शन गर्दै प्राण त्याग गर्नुभयो ।

यहीँ शास्त्रीय मान्यता छ कि – मानिस मकर संक्रान्तिको दिन देह त्याग भएमा जन्म – मरणको चक्रका उल्झनमा पर्नु नपर्ने धारणा छ।मकर संक्रान्तिबाट देवताका दिन आरम्भ हुने उल्लेख छ भन्ने दक्षिणायन काल देवताका रात्रि मानिएको छ। दक्षिणायन काल नकारात्मक र उत्तरायाण काल सकारात्मकता का प्रतीक मानिन्छ।

  भगवान श्रीकृष्णले उत्तरायणका महत्त्व उल्लेख गर्दै श्रीमद्भागवतगीतामा भन्नुभएको छ – 

अग्निर्ज्योतिरह: शुक्ल: षण्मासा उत्तरायणम्।

तत्र प्रयाता गच्छन्ति ब्रह्म ब्रह्मविदो जना:।।

                              – श्रीमद्भागवत गीता ८/२४            

अग्निदेवताका प्रभावमा, उज्यालो प्रकाशमा, दिनको शुभक्षणमा, शुक्लपक्षमा र उत्तरायणका छ महिना शुभ कालमा जब सूर्यदेव उत्तरायण हुन्छ र पृथ्वी प्रकाशमय रहने हुँदा यस प्रकाशमा शरीरका त्याग भएमा व्याक्तिका पुनर्जन्म नहुने हुँदा व्याक्तिले ब्रह्मको प्राप्ति हुने मान्यताका कारण भीष्म पितामहले शरीरका त्याग उतारायण कालमा गर्नुभएको वर्णन रहेको पाँइन्छ। उत्तरायणका छ महिनाको दौरानमा शुभ कार्य यस्तै – गृह प्रवेश, यज्ञ, व्रत, अनुष्ठान, विवाह, जप, तप, दान साथै स्नान, मुन्डन जस्ता कार्य गर्न विशेष शुभ मानिन्छ। उत्तरायणका विषयमा हाम्रा पूर्वज ऋषिमुनीहरुले यस अवसरलाई अत्यन्त शुभ र पवित्र मानेको पाँइन्छ।