२० पुष २०८१, शनिबार
,
Latest
असहाय, विपन्न, कमजोर, बेसहाराहरुको लागि न्याय दूर भएको गुनासो छः प्रधानन्यायाधीश राउत लोकतान्त्रिक गणतन्त्र र सङ्घीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्छः विमलेन्द्र निधी ‘ढोग दिया’ शब्दको दुरूपयोग भएकोप्रति आपत्ति रास्वपाको केन्द्रीय समितिको बैठक आजदेखि खुलेको हिमाल, घुम्म परेको तराई (फोटो फिचर) गण्डकी र कर्णालीका हिमाली भूभागमा आंशिक बदली पत्रकार श्यामसुन्दर पुडासैनीको निधन निजी क्षेत्रको सहभागीतामार्फत् ऊर्जा क्षेत्रको विकासमा सरकार लागेको छ : मन्त्री खड्का अमेरिकी डलरको मूल्य उकालो लाग्दा अन्य विदेशी मुद्रा कुन बढ्यो कुन घट्यो २८ हजार मेगावाटका लागि रु ६५ खर्ब लगानी आवश्यक
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली



अ+ अ-

काठमाडौँ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

मन्त्री डा राणा आज साँझ काठमाडौँस्थित भारतीय राजदूतावासमा पुगी स्वर्गीय सिंहको स्मृतिमा त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै नेपाल सरकार र नेपाली जनताका तर्फबाट उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

मन्त्री डा राणाले सो शोक पुस्तिकामा भारतका पूर्वप्रधानमन्त्री डा सिंह एक प्रजातन्त्रवादी दूरदर्शी नेता तथा नेपालका सच्चा मित्र हुनुहुन्थ्यो भन्नुभएको छ ।

उक्त पुस्तिकामा मन्त्री डा राणाले स्वर्गीय सिंहले नेपालमा लोकतन्त्र र विकासका लागि सधैँ सहयोग गर्नुभएको स्मरण गर्दै सो सहयोग र समर्थनका कारण उहाँ सधैँ नेपाली जनताको स्मृतिमा रहने पनि उल्लेख गर्नुभएको छ ।

मन्त्री डा राणाले उहाँको निधनले नेपालले आफ्ना एक सच्चा मित्र तथा शुभचिन्तक गुमाएको बताउनुभएको छ । भारतीय पूर्वप्रधानमन्त्री डा सिंहको उपचारका क्रममा गत बिहीबार राति ९२ बर्षको उमेरमा निधन भएको थियो ।