९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. केसीलाई रेजिडेन्ट चिकित्सकको समर्थन, दैनिक दुई घण्टा इमर्जेन्सी र कोभिड उपचारबाहेक सेवा ठप्प गर्ने



अ+ अ-

काठमाडौँ । त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रेजिडेन्ट चिकित्सकले डा. गोविन्द केसीको जीवनरक्षा र उनका माग पूरा गर्न दबाब दिन आइतबारदेखि दैनिक दुई घण्टा इमर्जेन्सी र कोभिड उपचारबाहेक सेवा ठप्प गर्ने भएका छन् । उनीहरूले २४ घण्टाभित्र सरकारले वार्ता टोली गठन गरी डा. केसीको जीवन रक्षाका लागि पहल नगरेमा थप कडा कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी पनि दिएका छन् । डा. केसीको १९ औं अनशनको २० औं दिन भइसक्दा पनि सरकारका तर्फबाट वार्ताको पहल नहुनु लज्जास्पद र दुःखद रहेको उनीहरूले जनाएका छन् ।

नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन त्रिवि शिक्षण अस्पताल, रेडिजेन्ट एसोसिएसन अफ न्याम्स वीर अस्पताल र जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले शनिबार राति विज्ञप्ति जारी गर्दै विरोध कार्यक्रम सार्वजनिक गरेका हुन् । रेजिडेन्ट चिकित्सकले आफ्नो विरोध कार्यक्रमबाट पर्न जाने सम्पूर्ण असरको जिम्मेवार नेपाल सरकार हुने बताएका छन् ।

नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष डा. सुभास देवकोटाका अनुसार तीनवटै चिकित्सा संस्थामा गरी करिब ८ सय १० जना रेजिडेन्ट चिकित्सक छन् । कान्तिपुर दैनिक




भर्खरै