२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि… News Polar एन्फाको आर्थिक अनियमितता: चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा

भ्रष्टाचार र बिचौलियाबाट न्यायपालिकालाई बचाउने बन्दोबस्त !

भ्रष्टाचार र बिचौलियाबाट न्यायपालिकालाई बचाउने बन्दोबस्त !
अ अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतअन्तर्गतको एक समितिले न्यायपालिकालाई

काठमाडौं । सर्वोच्च अदालतअन्तर्गतको एक समितिले न्यायपालिकालाई भ्रष्टाचार र बिचौलियाबाट मुक्त राख्ने उपायको खोजी गर्न थालेको छ ।न्यायपालिकामा भ्रष्टाचार हुने गरेको आरोप, बिचौलियाको बिगबिगी भएको आरोप लागेपछि त्यसबाट मुक्त हुनको लागि उपायको खोजी गर्न भनी सर्वोच्चले एक समिति गठन गरेको थियो ।

झन्डै डेढ महिनाअघि गठन भएको सो समितिले आफ्नो कार्यको थालनी गरेको छ । न्यायपालिकामा हुन सक्ने विकृति, विसङ्गति, अनियमितता र बिचौलियाबाट हुन सक्ने क्रियाकलापको सम्बन्धमा अध्ययन गर्न गठित समिति नाम दिइएको त्यसको संयोजकमा सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की छन् ।

सो समितिमा सर्वोच्च अदालतका अन्य न्यायाधीशका अतिरिक्त, नेपालबार तथा सर्वोच्च बारका अध्यक्षहरु, ती बारका महासचिव तथा सचिवसमेत रहेका छन् । सो समितिको कार्यदेशमा न्यायपालिकामा हुने गरेका विकृति, विसङ्गति, अनियमितता तथा बिचौलियाबाट हुन सक्ने क्रियाकलाप र त्यसको रोकथामका लागि चाल्नुपर्ने प्रभावकारी उपायका बारेमा विस्तृत अध्ययन गरी प्रतिवेदन तयार गर्ने रहेको छ । सो समितिको अवधि कार्य गर्न थालेको मितिले २ महिनाको रहेको छ ।

सो समितिको केही दिनअघि बैठक बसेको सम्बन्धित एक सदस्यले नेपाल समाचारपत्रलाई बताए । सो समिति सम्बद्ध एक सह रजिस्ट्रारले सो बैठकले इच्छुकहरुसँग राय सुझाव माग्ने निर्णय भएको जानकारी दिए । ती सह रजिस्ट्रारले भने– ‘न्यायपालिकाको काम, कारबाहीसँग सम्बन्धित विकृति, विसङ्गति, अनियमितता वा भ्रष्टाचार एवम् बिचौलियाबाट हुन सक्ने क्रियाकलापहरु त्था त्यसलाई रोक्ने उपायहरुका सम्बन्धमा आफ्नो राय सुझावदिन आह्वान गरिएको छ ।’ त्यस्तो राय सुझाव जोसुकैले दिन सक्ने बताइएको छ ।

आफूले चाहेको राय सुझाव दिन पाउने अन्तिम मिति भने सर्वोच्चको उक्त समितिले आउँदो कात्तिक २५ गतेसम्म तोकेको छ । न्यायपालिकामा उल्लेख्य मात्रामा विकृति, विसङ्गति, भ्रष्टाचार तथा अनियमिता हुने गरेको आरोप लागेपछि त्यसलाई रोकथाम गर्ने उद्देश्यले सर्वोच्चले त्यस्तो समिति गठन गरेको हो । सो समितिको सचिवालय सर्वोच्चमा नै रहेको छ ।

सो समितिको बेलाबेलामा बैठक बस्ने सहमति भएको समितिका एक सदस्यले बताए । निर्धारित समयमा नै प्रतिवेदन पेस गर्ने गरी कार्य गर्नको लागि प्रयास हुने पनि ती सदस्यले दाबी गरे । नेपाल समाचारपत्र दैनिक

खोजी गर्न थालेको छ । न्यायपालिकामा भ्रष्टाचार हुने गरेको आरोप, बिचौलियाको बिगबिगी भएको आरोप लागेपछि त्यसबाट मुक्त हुनको लागि उपायको खोजी गर्न भनी सर्वोच्चले एक समिति गठन गरेको थियो । झन्डै डेढ महिनाअघि गठन भएको सो समितिले आफ्नो कार्यको थालनी गरेको छ । न्यायपालिकामा हुन सक्ने विकृति, विसङ्गति, अनियमितता र बिचौलियाबाट हुन सक्ने क्रियाकलापको सम्बन्धमा अध्ययन गर्न गठित समिति नाम दिइएको त्यसको संयोजकमा सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की छन् ।

सो समितिमा सर्वोच्च अदालतका अन्य न्यायाधीशका अतिरिक्त, नेपालबार तथा सर्वोच्च बारका अध्यक्षहरु, ती बारका महासचिव तथा सचिवसमेत रहेका छन् । सो समितिको कार्यदेशमा न्यायपालिकामा हुने गरेका विकृति, विसङ्गति, अनियमितता तथा बिचौलियाबाट हुन सक्ने क्रियाकलाप र त्यसको रोकथामका लागि चाल्नुपर्ने प्रभावकारी उपायका बारेमा विस्तृत अध्ययन गरी प्रतिवेदन तयार गर्ने रहेको छ । सो समितिको अवधि कार्य गर्न थालेको मितिले २ महिनाको रहेको छ ।

सो समितिको केही दिनअघि बैठक बसेको सम्बन्धित एक सदस्यले नेपाल समाचारपत्रलाई बताए । सो समिति सम्बद्ध एक सह रजिस्ट्रारले सो बैठकले इच्छुकहरुसँग राय सुझाव माग्ने निर्णय भएको जानकारी दिए । ती सह रजिस्ट्रारले भने– ‘न्यायपालिकाको काम, कारबाहीसँग सम्बन्धित विकृति, विसङ्गति, अनियमितता वा भ्रष्टाचार एवम् बिचौलियाबाट हुन सक्ने क्रियाकलापहरु त्था त्यसलाई रोक्ने उपायहरुका सम्बन्धमा आफ्नो राय सुझावदिन आह्वान गरिएको छ ।’ त्यस्तो राय सुझाव जोसुकैले दिन सक्ने बताइएको छ ।

आफूले चाहेको राय सुझाव दिन पाउने अन्तिम मिति भने सर्वोच्चको उक्त समितिले आउँदो कात्तिक २५ गतेसम्म तोकेको छ । न्यायपालिकामा उल्लेख्य मात्रामा विकृति, विसङ्गति, भ्रष्टाचार तथा अनियमिता हुने गरेको आरोप लागेपछि त्यसलाई रोकथाम गर्ने उद्देश्यले सर्वोच्चले त्यस्तो समिति गठन गरेको हो । सो समितिको सचिवालय सर्वोच्चमा नै रहेको छ । सो समितिको बेलाबेलामा बैठक बस्ने सहमति भएको समितिका एक सदस्यले बताए । निर्धारित समयमा नै प्रतिवेदन पेस गर्ने गरी कार्य गर्नको लागि प्रयास हुने पनि ती सदस्यले दाबी गरे । नेपाल समाचारपत्र दैनिक