२ पुष २०८२, बुधबार
,
Latest
घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेन्नाई सुपर किंग्सको सुपर खेल, पञ्जाब १० विकेटले पराजित



अ+ अ-

इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार साँझ खेलिएको खेलमा महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नाई सुपर किंग्सले किंग्स इलेभेन पञ्जाबलाई १० विकेटले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७८ रन बनाएको थियो । पञ्जाबका लागि कप्तान केएल राहुलले व्यक्तिगत ६३ रन बनाए पनि अरु ब्याट्सम्यान ठूलो स्कोर बनाउन सकेका थिएनन् ।

जितका लागि १७९ रनको लक्ष्य पछ्याएको चेन्नाईका लागि दुई ओपनिङ ब्याट्सम्यानले १७.४ ओभरमा १८१ रन बनाएर टिमलाई विजयी बनाए । चेन्नाईका लागि प्रारम्भिक ब्याट्सम्यान सेन वाट्सनले अविजित ८३ तथा फाफ डु प्लेसिसले अविजित ८७ रन बनाए ।

यो जितसँगै चेन्नाई छैटौं स्थानमा उक्लेको छ । चेन्नाईले पाँच खेल खेलेको छ जसमा २ जित र ३ हार व्यहोरेको छ ।

निकै राम्रो खेले पनि जितमा परिणत गर्न नसकेको पञ्जाबले ५ खेलबाट २ अंक मात्र आर्जन गरेको छ । प्रतियोगितामा ५ खेलमध्ये १ मा जित र ४ मा हार व्यहोरेको पंजाब अंक तालिकामा पुछारमा छ ।