३ भाद्र २०८३, बुधबार
,
Latest
चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेन्नाई सुपर किंग्सको सुपर खेल, पञ्जाब १० विकेटले पराजित



अ+ अ-

इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार साँझ खेलिएको खेलमा महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नाई सुपर किंग्सले किंग्स इलेभेन पञ्जाबलाई १० विकेटले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७८ रन बनाएको थियो । पञ्जाबका लागि कप्तान केएल राहुलले व्यक्तिगत ६३ रन बनाए पनि अरु ब्याट्सम्यान ठूलो स्कोर बनाउन सकेका थिएनन् ।

जितका लागि १७९ रनको लक्ष्य पछ्याएको चेन्नाईका लागि दुई ओपनिङ ब्याट्सम्यानले १७.४ ओभरमा १८१ रन बनाएर टिमलाई विजयी बनाए । चेन्नाईका लागि प्रारम्भिक ब्याट्सम्यान सेन वाट्सनले अविजित ८३ तथा फाफ डु प्लेसिसले अविजित ८७ रन बनाए ।

यो जितसँगै चेन्नाई छैटौं स्थानमा उक्लेको छ । चेन्नाईले पाँच खेल खेलेको छ जसमा २ जित र ३ हार व्यहोरेको छ ।

निकै राम्रो खेले पनि जितमा परिणत गर्न नसकेको पञ्जाबले ५ खेलबाट २ अंक मात्र आर्जन गरेको छ । प्रतियोगितामा ५ खेलमध्ये १ मा जित र ४ मा हार व्यहोरेको पंजाब अंक तालिकामा पुछारमा छ ।