१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस्

विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार

विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
Hindu pilgrims take a dip along the banks of Sangam, the confluence of Ganges, Yamuna and mythical Saraswati rivers, ahead of the Maha Kumbh Mela festival in Prayagraj on December 22, 2024. Beside India's holy rivers, a makeshift city is being built for a Hindu religious festival expected to be so vast it will be seen from space, the largest gathering in history. (Photo by HIMANSHU SHARMA / AFP) / TO GO WITH India-religion-Kumbh
अ अ+ अ-

एजेन्सी । भारतको पवित्र नदीहरूको किनारमा हिन्दू धार्मिक पर्वका लागि एउटा अस्थायी सहर निर्माण भइरहेको छ । यो यति विशाल हुने अपेक्षा गरिएको छ कि यो अन्तरिक्षबाट देख्न सकिन्छ । यो इतिहासको सबैभन्दा ठूलो भेला हो ।

छ हप्ता लामो कुम्भ मेलाका क्रममा संयुक्त राज्य अमेरिका र क्यानाडाको संयुक्त जनसङ्ख्याभन्दा बढी ४० करोड तीर्थयात्रीका लागि भारतीय अधिकारीहरूले तयारी गरिरहेका बेला प्रयागराजका नदीहरूमा पन्टुन पुलहरूको लाइन पछि लाइन फैलिएको छ ।

पवित्र गङ्गा, यमुना र पौराणिक सरस्वती नदीहरूको सङ्गम स्थलमा प्रत्येक १२ वर्षमा एक पटक धार्मिक श्रद्धा र अनुष्ठान स्नानको सहस्राब्दी पुरानो पवित्र कार्यक्रम आयोजना गरिन्छ ।

तर जनवरी १३ देखि फेब्रुअरी २६ सम्मको यो संस्करण एक मेगा आकर्षण हुने अपेक्षा गरिएको छ किनकि यो ग्रहहरूको विशेष पङ्क्तिबद्धतासँग मेल खानेछ ।

चार हजार हेक्टर (१५ वर्ग माइल) मा फैलिएको स्थानमा दिन–रात मेहनत गर्ने मजदुरहरूको सेनामध्ये एक अन्त्यहीन विद्युतीय केबलहरूका लागि खाडल खन्ने क्रममा मजदुर बाबु चन्दको निधारमा पसिनाको मोती चम्कन्छ ।

“यति धेरै भक्तहरू आउँदैछन्”, मेलाका लागि महान कार्यको काम गरिरहेको बताउने ४८ वर्षीय चन्दले भन्नुभयो, “मलाई लाग्छ कि मैले मेरो योगदान गरिरहेको छु–– मैले जे गरिरहेको छु त्यो एउटा पवित्र कार्य जस्तो देखिन्छ ।”

शुद्ध विश्वास

उत्तरी राज्य उत्तर प्रदेशको पहिले इलाहाबाद भनिने प्रयागराजको बाढी मैदानमा म्यानहट्टनको दुई तिहाइ क्षेत्रफल बराबरको विशाल तम्बु ९पाल० सहर निर्माण भइरहेको छ ।

“करिब ३५ देखि ४० करोड भक्तजनले मेलाको भ्रमण गर्नेछन्, त्यसैले तपाईंले तयारीको स्तर कल्पना गर्न सक्नुहुन्छ”, महोत्सवका प्रवक्ता विवेक चतुर्वेदीले भन्नुभयो ।

कुम्भका लागि तयारी गर्नु भनेको नयाँ देश स्थापना गर्नु जस्तै हो । यसमा सडक, प्रकाश, आवास र ढलको आवश्यकता पर्छ ।

“यस कार्यक्रमलाई अद्वितीय बनाउने कुरा यसको आकार र कसैलाई निमन्त्रणा नपठाइने तथ्य हो।।। सबैजना आफ्नै इच्छाले आउँछन्, शुद्ध विश्वासले प्रेरित भएर”, चतुर्वेदीले भन्नुभयो, “विश्वमा कतै पनि तपाईंले यो आकारको जमघट देख्नुहुन्न, यसको एक–दशांश पनि ।”

साउदी अरेबियाको मक्कामा वार्षिक हज तीर्थयात्रामा करिब १८ लाख मुस्लिमले भाग लिन्छन् ।

चतुर्वेदीका अनुसार कुम्भका सङ्ख्याहरू अकल्पनीय छन् ।

करिब एक लाख ५० हजार शौचालय निर्माण गरिएका छन्, ६८ हजार एलइडी बत्तीका खम्बाहरू खडा गरिएका छन् र सामुदायिक भान्साघरहरूले एकै समयमा ५० हजार मानिसलाई खाना दिन सक्छन् ।

धार्मिक तयारीका साथसाथै प्रयागराजले ठूलो पूर्वाधार सुधार गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको विशाल पोस्टरहरूले सहर ढाकेका छन् ।

दुवै सत्ताधारी हिन्दू–राष्ट्रवादी भारतीय जनता पार्टी ९भाजपा० का हुनुहुन्छ । उहाँहरूको राजनीति र धर्म गहिरो रूपमा जोडिएको छ ।

अमरत्वको अमृत

कुम्भ मेला एउटा प्राचीन उत्सव हो । यसको उत्पत्ति हिन्दू पौराणिक कथाहरूमा निहित छ ।

नदीहरूको सङ्गममा डुबुल्की लगाउनाले आफ्ना पापहरू पखालिने र ‘मोक्ष’ प्राप्त गर्न मद्दत गर्ने हिन्दूहरू विश्वास गर्छन् । यसले उनीहरूलाई जन्म र मृत्युको चक्रबाट मुक्त गर्नेछ ।

पौराणिक कथाहरूअनुसार अमरत्वको अमृत भएको घडा वा ‘कुम्भ’ लाई लिएर देवताहरू र राक्षसहरूले युद्ध गरे । युद्धको क्रममा चार थोपा अमृत पृथ्वीमा खस्यो । एक थोपा प्रयागराजमा खस्यो ।

अन्य थोपा हरिद्वार, नासिक र उज्जैनमा खसेका थिए । यी तीन सहरमा घुम्ती कुम्भ मेला अन्य वर्षहरूमा आयोजना गरिन्छ । तर प्रयागराजमा प्रत्येक १२ वर्षमा आयोजित मेला सबैभन्दा ठूलो हो ।

आयोजक अधिकारीहरूले यसलाई महान् वा ‘महाकुम्भ’ मेला भनिरहेका छन् ।

अधिकारीहरूका अनुसार सन् २०१९ मा प्रयागराजमा भएको अन्तिम कुम्भ मेलामा २४ करोड भक्तजन देखिएका थिए । तर त्यो सानो ‘अर्ध’ वा आधा मेला थियो र यो मेला मुख्य कार्यक्रमको बीचमा हुन्छ ।

“जब तपाईं कुम्भको बारेमा कुरा गर्नुहुन्छ, तपाईंले खगोल विज्ञानको बारेमा कुरा गर्नुपर्छ”, ६९ वर्षीय इतिहासकार हेरम्ब चतुर्वेदीले भन्नुभयो, “बृहस्पतिले एक वर्षमा एउटा राशि चिह्न पार गर्छ, त्यसकारण जब यसले १२ राशि चिह्न पूरा गर्दछ, तब त्यो कुम्भ हुन्छ ।”

उहाँका अनुसार उत्सवको मुख्य भाग ‘ज्ञानी र विद्वान, गरीब र असहायलाई’ दान दिनु हो ।

नागा साधुहरू

केही तीर्थयात्री पहिल्यै आइपुगेका छन् । यिनीहरूमा नागा साधुहरू छन् । यी घुमन्ते साधु दुर्गम पहाड र जङ्गलबाट हप्तौँसम्म हिँडेर आएका छन् । यिनीहरू प्रायः ध्यानमा समर्पित हुन्छन् ।
यिनीहरूले जनवरी १३ मा पहिलो दिनदेखि सुरु हुने छवटा सबैभन्दा शुभ स्नान मितिमा बिहानै चिसो नदीको पानीमा जाने नेतृत्व गर्नेछन् ।

“म जनतालाई आशीर्वाद दिन यहाँ आएको छु”, जटा बाँधेर नाङ्गै बसेका ९० वर्षीय नागा साधु दिगम्बर रमेश गिरीले भन्नुभयो, “तपाईंले आफ्नो हृदयमा जे चाहना गर्नुहुन्छ त्यो कुम्भमा प्राप्त गर्नुहुन्छ ।”