४ असार २०८३, बिहीबार
,
Latest
मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

शैक्षिक केन्द्र बन्दै बर्दिवास



अ+ अ-

महोत्तरी । मधेसको पूर्व–पश्चिम लम्बाइमा करिब मध्यमा पर्ने महोत्तरीको बर्दिवास नगरक्षेत्रलाई शैक्षिक केन्द्र बन्दैछ । यसअघिदेखि विभिन्न सङ्कायका विधामा उच्च शिक्षाको केन्द्र रहँदै आएको बर्दिवासमा भर्खरै पशु स्वास्थ्य विज्ञान सङ्कायको कलेज स्थापनाको प्रक्रिया अघि बढेपछि यो नगरक्षेत्र शैक्षिक केन्द्र बन्न लागेको हो ।

बर्दिवासमा मधेस कृषि विश्वविद्यालयले पशु स्वास्थ्य विज्ञान कलेज बनाउने प्रक्रिया अघि बढाइएको छ । कृषि, पशु स्वास्थ्य विज्ञान, मत्स्यविज्ञान, खाद्य प्रविधि र वन विज्ञानसमेत पाँच विधाको अध्ययन हुनेगरी २०७८ सालमा स्थापित मधेस कृषि विश्वविद्यालयले पशु स्वास्थ्य विज्ञानको पठनपाठन र प्रयोगात्मक अभ्यासका लागि बर्दिवासमा उच्च शिक्षा पूरा गरिने कलेज निर्माण हुन लागेको मधेस कृषि विश्वविद्यालयका रजिष्टार डा भगवान् ठाकुर बताउनुहुन्छ । कलेजका लागि बर्दिवास–१३ विजलपुराको नदी उकास जग्गाबाट ५१ बिघा उपलब्ध गराउने बर्दिबास नगरपालिकाको सिफारिसलाई प्रमुख जिल्ला अधिकारी नेतृत्वको जग्गा दर्ता सिफारिस समितिले निर्णय गरिसकेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताउनुभयो । ।

नगरपालिकाले २०७९ पुसमै यो कलेज स्थापनाका लागि राष्ट्रिय योजना आयोगसँग प्रस्ताव लग्यौं, कानुनी प्रकृया पूरा गर्दै अघि बढ्दा केही समय लागे पनि अब भने यसले गति समातेको बर्दिबास नगरप्रमुख प्रल्हादकुमार क्षेत्री बताउनुहुन्छ । सरकारले प्रारम्भिक चरणमै आर्थिक वर्ष २०८०÷८१ मा भेटेरेनरी कलेज निर्माणका लागि तीनवर्षे अवधिको क्रमागत योजनाअन्तर्गत रु नौ करोड ५० लाख विनियोजन गरेको थियो । तर त्यतिखेर कलेजका लागि जग्गा प्राप्तिको विषय अघि नबढ्दा अन्यौलमा परेको थियो । सङ्घीय सरकारले चालु आर्थिक वर्ष २०८१÷८२ को बजेटमा पनि भेटेरनरी कलेजको विषय समावेश गरेको छ ।

जग्गाप्राप्तिको अन्तिम निर्णय भएपछि यसैपालि भेटेरेनरी अस्पताल, पशु शैय्या (बिरामी पशु राखिने ठाउँ) प्रयोगशाला र कर्मचारी आवासका संरचना निर्माणको काम तत्कालै थालिने मधेश कृषि विश्वविद्यालयले जनाएको छ । रजिष्टार ठा ठाकुर भन्नुहुन्छ, “तीन वर्षभित्र कलेजका संरचना निर्माणका काम सकिनेछन्, त्यसलगत्तै पठनपाठन र अभ्यास शुरु गर्न सकिन्छ ।”

बर्दिबास नगर क्षेत्र कृषि र यसअन्तर्गतको पशुपालन व्यवसायको उर्बर ठाउँ भएको हुँदा यहाँ स्थापना हुने पशु स्वास्थ्य विज्ञान कलेजको स्थापनाले उच्च शिक्षा लिने मात्र नभई सर्वसाधारण किसान पनि लाभान्वित हुने बर्दिबास नगरप्रमुख क्षत्रीको विश्वास छ । “यहाँ स्थापना भई सञ्चालन हुने भेटेरेनरी कलेजबाट यहाँ पशुपालन व्यवसाय प्रबद्र्धनमा मद्दत पुग्नेछ” क्षेत्री भन्नुहुन्छ, “यहाँबाट उत्पादन हुने पशु स्वास्थ्य विज्ञान विषयका दक्ष जनशक्तिले मुलुककै समृद्धिमा योगदान दिनेछन् ।”

बर्दिबासमा अहिले भेटेरेनरी कलेज स्थापनाको कुराले नगर विभिन्न विधाको औपचारिक शिक्षाको मुख्य गन्तव्य (केन्द्र) बन्ने नगरबासीको विश्वास छ । “हाम्रो नगर शैक्षिक गन्तव्यको मुख्य थलो बन्दैछ” भेटेरेनरी कलेज स्थापनाको कुराले उत्साहित हुनुभएका बर्दिबास जनता बहुमुखी क्याम्पसको प्राज्ञसभाका अध्यक्ष भरतबहादुर हमाल भन्नुहुन्छ, “यसले बर्दिबासलाई शैक्षिक गन्तव्यको थलोका रुपमा विकास हुनमा थप आधार बनाउनेछ ।”

बर्दिबासमा यसअघिदेखि नै वाणिज्य र शिक्षा सङ्कायको त्रिविविअन्र्तगतको बर्दिबास जनता बहुमुखी क्याम्पस, प्राविधिक धारतर्फका आठभन्दा बढी विधाको पठनपाठन र अभ्यास हुने निर्मल लामा बहुप्राविधिक शिक्षालय र कृषि विश्वविद्यालय रामपुर सम्बन्धनको कृषि सङ्कायको विभिन्न विधाको पठनपाठन हुने प्राकृतिक स्रोत कलेज सञ्चालनमा छन् । स्नातक तहसम्मका यी शैक्षिक प्रतिष्ठानले बर्दिबासलाई शैक्षिक केन्द्रका रुपमा परिचय दिएको छ । अब भेटेरेनरी कलेज स्थापनाको कुराले यसमा थप बल पुग्ने शिक्षाविद् बर्दिबास–१ का बासिन्दा लिलाविक्रम थापा बताउनुहुन्छ ।

शिक्षा सङ्कायमा स्नातकोत्तर र वाणिज्यमा स्नातक तहसम्मको पठनपाठन हुने बर्दिबास जनता क्याम्पसमा अहिले एक हजार तीन सय बढी छात्रछात्रा अध्ययनरत छन् । यसैगरी स्नातक तहसम्मकै निर्मल लामा बहुप्राविधिक शिक्षालयमा ९सिभिल इञ्जिनियरिङ्ग, सर्वे नापी, फुड एण्ड डेरी, होटल म्यानेजमेन्ट, फार्मेसी, वन विज्ञान र आयुर्वेदसहितका आठ विधामा गरी आठ सय माथि छात्रछात्रा छन् । यसैगरी प्राकृतिक स्रोत कलेजमा मुलुककका सातै प्रदेशका चार सय बढी छात्रछात्रा छन् । यसबाहेक यहाँका छ माध्यमिक विद्यालयले डिप्लोमा तहका कृषि विज्ञान, पशु स्वास्थ्य र कम्प्युटर विज्ञानसम्बन्धी प्राविधिक धारको पठनपाठन गराउँदै आएका छन् ।

यहाँ नेपाल सरकारको २०७३ सालकै निर्णयले बर्दिबास मेडिकल कलेज निर्माणको प्रकृयामा छ । मेडिकल कलेजको पूर्वाधार निर्माणको परियोजना कार्यालय नै स्थापना भएर सात जनाको जनशक्ति कार्यरत छ । तर यो कलेज निर्माणको प्रस्तावित स्थल वन अधिनस्थ जग्गा हुँदा अहिले जग्गाप्राप्तिकै कुरा विचाराधीन छ । भेटेरीनरी कलेज स्थापनाको कुराले उत्साहित बर्दिबासवासी मेडिकल कलेजको जग्गाबारे पनि चाँडै निर्णय आउने पर्खाइमा छन् ।

बर्दिबासमा उच्च शिक्षाका लागि सञ्चालित कलेजका अतिरिक्त माध्यमिक तहका सामुदायिक विद्यालय ३० वटा रहेका छन् । बर्दिवास नगर कार्यपालिकाको कार्यालयको शिक्षा शाखाका प्रमुख रेवतीरमण पराजुली भन्नुहुन्छ, “उच्च शिक्षामा विभिन्न विधाको पठनपाठनको अवसर यहाँ बन्दै जानुले यो नगर मधेशकै शैक्षिक गन्तव्यका रुपमा विकास हुने क्रममा छ ।”