१७ श्रावण २०८३, आईतवार
,
Latest
गृहमन्त्री र हिन्दु सम्राट सेनाबीच मौखिक समझदारी, आन्दोलनका कार्यक्रम फिर्ता २०८३ वैशाखदेखि साउन १७ सम्म विपद्बाट १ सय ९६ जनाको मृत्यु, सर्पदंशबाट मात्रै ५४ जनाले… थाइल्यान्डबाट ११ किलो गाँजा ल्याएको आरोपमा तीन भारतीय नागरिक पक्राउ राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी आइएमई लाइफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड नाइट ,२०२६ सम्पन्न मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी विदाको दिनमा पनि राहदानी बनाउनेको भीड, अत्यावश्यक हुनेले मात्रै आवेदन दिन विभागको आग्रह काँग्रेस कमजोर हुँदा देशले राजनीतिक र आर्थिक दुर्घटना व्यहोर्नुपर्छः रञ्जित कर्ण शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना नेपाली काँग्रेसको आन्तरिक एकताका लागि ‘देश र काँग्रेस जोड्ने अभियान’ घोषणा, साउन २० मा राष्ट्रिय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशल मल्लले यूएईको इन्टरनेशनल लिग खेल्ने



अ+ अ-

एजेन्सी । नेपालका अलराउन्डर कुशल मल्लले संयुक्त अरब इमिरेट्स (यूएई)को इन्टरनेशनल लिग टी–२० क्रिकेट खेल्ने भएका छन् ।

मल्ल इन्टरनेशनल लिग टी–२० क्रिकेटका लागि डेजर्ट भाइपर्समा अनुबन्ध भएका हुन् । चोटका कारण प्रतियोगिताबाट बाहिरिएका नेदरल्यान्ड्सका अलराउन्डर बास डी लीडेको स्थानमा मल्लले खेल्नेछन् ।

मल्लले भर्खरै सकिएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा ८ खेलमा २ सय २७ रन बनाउनुका साथै ९ विकेट लिएका थिए ।

मल्ल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडीको पाँचौं स्थानमा छन् । उनले ४७ खेलमा एक शतक, चार अर्धशतकसहित १ सय ४७ भन्दा धेरैको स्ट्राइक रेटमा ९ सय १७ रन बनाएका छन् ।

डेजर्ट भाइपर्स क्रिकेटका निर्देशक टम मुडीले कुशल मल्ललाई टोलीमा स्वागत गर्न पाउँदा खुशी भएको उल्लेख गरेका छन् । कुशल आबद्ध भएको डेजर्ट भाइपर्सले पहिलो खेल आउँदो जनवरी १२ मा अबुधाबी नाइट राइडर्ससँग खेल्नेछ ।