२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशल मल्लले यूएईको इन्टरनेशनल लिग खेल्ने



अ+ अ-

एजेन्सी । नेपालका अलराउन्डर कुशल मल्लले संयुक्त अरब इमिरेट्स (यूएई)को इन्टरनेशनल लिग टी–२० क्रिकेट खेल्ने भएका छन् ।

मल्ल इन्टरनेशनल लिग टी–२० क्रिकेटका लागि डेजर्ट भाइपर्समा अनुबन्ध भएका हुन् । चोटका कारण प्रतियोगिताबाट बाहिरिएका नेदरल्यान्ड्सका अलराउन्डर बास डी लीडेको स्थानमा मल्लले खेल्नेछन् ।

मल्लले भर्खरै सकिएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा ८ खेलमा २ सय २७ रन बनाउनुका साथै ९ विकेट लिएका थिए ।

मल्ल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडीको पाँचौं स्थानमा छन् । उनले ४७ खेलमा एक शतक, चार अर्धशतकसहित १ सय ४७ भन्दा धेरैको स्ट्राइक रेटमा ९ सय १७ रन बनाएका छन् ।

डेजर्ट भाइपर्स क्रिकेटका निर्देशक टम मुडीले कुशल मल्ललाई टोलीमा स्वागत गर्न पाउँदा खुशी भएको उल्लेख गरेका छन् । कुशल आबद्ध भएको डेजर्ट भाइपर्सले पहिलो खेल आउँदो जनवरी १२ मा अबुधाबी नाइट राइडर्ससँग खेल्नेछ ।