२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र छायाङ्कनः ‘ड्रोन’ कार्यशाला



अ+ अ-

काठमाडौँ । चलचित्र विकास बोर्डको आयोजनामा आजदेखि यहाँ १० दिने ‘ड्रोन कार्यशाला’ सुरू भएको छ ।

कार्यशालाको प्रारम्भ गर्दै बोर्डका अध्यक्ष दिनेश डिसीले नयाँ प्रविधिको प्रयोगबाट गुणस्तरीय चलचित्र निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यशालामा २५ प्रशिक्षार्थीलाई छनोट गरेर प्रशिक्षण थालिएको बताउँदै उहाँले चलचित्र छायाङ्कनमा ड्रोन प्रयोग भए पनि त्यसलाई चलाउने दक्ष व्यक्तिको कमी पूर्ति गर्न कार्यशाला आयोजना गरिएको बताउनुभयो ।

चलचित्र छायाकार प्रद्युम्न मिश्र, मनकृष्ण महर्जन, निरज कँडेल, स्थिरछविकार राजभाइ सुवाल, कुवेर डङ्गोल, चलचित्रकर्मी शान्ता नेपालीलगायत २५ जना सहभागी छन् ।