१० पुष २०८१, बुधबार
,
Latest
एमालेले भीम रावललाई पार्टीबाट हटायो बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता तमू पत्रकारिता पुरस्कारबाट छ जना पुरस्कृत मुलुकको विकासका लागि काँग्रेसले जति काम अरु कुनै पार्टीले गरेको छैनः नेता सिटौला कर्णाली विकास बैंक समस्याग्रस्त घोषित स्कुटरको लाइसेन्स लिन आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए, वृद्ध बुबाआमादेखि परिवारजन शोकाकूल संसदीय लोकतन्त्र प्रवर्द्धन गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ काँग्रेस विपीका विचार अंगालेर अगाडि बढ्न जरुरीः डा शशांक कोईराला क्रिसमसको पूर्वसन्ध्यामा पोप फ्रान्सिसद्वारा ‘जयन्ती वर्ष–२०२५’ को शुभारम्भ कजाकिस्तानमा एक विमान दुर्घटना, २५ जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्कलाई सक्रिय बनाउन आबद्ध मुलुकले रचनात्मक भूमिका निर्वाह गर्नुपर्छ: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रार हास्मीले आज शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविधि विषयहरु व्यापार, पर्यटन, कृषि, नवीकरणीय ऊर्जा, विपद् व्यवस्थापन, शिक्षा र संस्कृति आदिमा हुँदै आएको सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय बनाउन अध्यक्ष मुलुकका नाताले आफूहरुले पहल गरिरहेको र यसमा आबद्ध मुलुकले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुुभयो । उहाँले कुनै दुई मुलुकबीचमा आपसी समस्या हुन सक्ने भए पनि त्यसको प्रतिकूल प्रभाव सार्कजस्ता क्षेत्रीय सङ्गठनमा पर्न नहुने बताउँदै नेपालले ‘सबैसँग मित्रता र छैन कसैसँग शत्रुता’ भन्ने भावनाका साथ सार्वभौम र स्वतन्त्र मुलुकका हिसाबले न्यायोचित राष्ट्रिय हितलाई ध्यानमा राखेर सम्बन्ध विस्तार र सहकार्य गर्दै आएको स्पष्ट गर्नुभयो ।

राजदूत हास्मीले आफूहरु पाकिस्तानामा सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर रहेको अवगत गराउनुभयो । उहाँले आफूहरु आगामी दिनमा नेपालसँग विविध विषयमा थप सहकार्य गर्न पनि इच्छुक रहेको बताउनुभयो ।