काठमाडौं । प्रदेश नम्बर ५ को प्रदेशसभामा बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसदहरुले कुर्सी उचालेर टेबुल तोडफोड गरेका छन्। सरकारले स्थायी राजधानी दाङमा तोक्ने प्रस्ताव फिर्ता लिनुपर्ने माग गर्दै कांग्रेसका सांसदहरुले टेबुल तोडफोड गरेका हुन् ।
सोमबार दोस्रो पटक बसेको बैठकमा विपक्षी दल नेपाली कांग्रेसले नाराबाजीसहित प्रदर्शन गरेका छन् । सभामुखले बैठक सुरू गर्नेबित्तिकै कांग्रेस उठेर रोष्टम घेर्न पुगेका थिए। उनीहरूले बोल्ने माइक पनि तोडफोड गरे भने टेबुल पनि भुइँमा ढलाइदिएका छन्।
कांग्रेसको विरोधबीच सभामुखले प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव छलफलका लागि पेश गर्न आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई समय दिएका छन्।
सभामुखले समय दिएपछि मन्त्री केसीले स्थायी राजधानी र प्रदेशको नामबारे प्रस्ताव छलफलका लागि पेश गरेका छन्। अहिले सभामुखले सांसदलाई बोल्न समय दिएका छन्।