१८ असार २०८३, बिहीबार
,
Latest
कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त संसद्मा विशेष समय जारी, सार्वजनिक खरिददेखि सहकारी संशोधन विधेयकमाथि छलफल हुँदै संसद्मा इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप २४४० जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । आज नेपालमा थप २ हजार ४ सय ४० जनामा कोरोना देखिएको छ । १३ हजार ७ सय ८१ पीसीआर परीक्षण भएकोमा ९ सय ३७ महिला र १५ सय ३ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा ११ सय ७८, ललितपुरमा २ सय ५० र भक्तपुरमा १ सय ३ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या २३ हजार ५ सय ७ पुगेको छ । आज संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ३ सय ५, प्रदेश नम्बर २ मा ६ सय ४२, बागमती प्रदेशमा ८ हजार २ सय ९६ र गण्डकी प्रदेशमा ५ सय ६ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ८ सय ६३, कर्णाली प्रदेशमा ३ सय ६८ र सुदूरपश्चिम प्रदेशमा २ सय ११ गरी देशभरी ११ हजार ९ सय ९१ जना रहेका छन । यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ७ सय ५१, प्रदेश नम्बर २ मा ४ सय ७६, बागमती प्रदेशमा ७ हजार ५ सय ३२ र गण्डकी प्रदेशमा ५ सय ६५ जनामा संक्रमण देखिएको छ । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय ९६, कर्णाली प्रदेशमा २ सय ७५ र सुदूरपश्चिम प्रदेशमा४ सय २१ गरी देशभरी १२ हजार ३ सय १६ जना संक्रमित होम आइसोलेसनमा रहेका छन । आइसियुमा २ सय ३३ र भेन्टिलेटरमा ४३ जना संक्रमित उपचाररत रहेका छन ।

आज ११ सय ३३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ५ हजार ८ सय ५५, प्रदेश नम्बर २ मा १४ हजार ३ सय ९२, बागमती प्रदेशमा २१ हजार १ सय ८७ र गण्डकी प्रदेशमा ३ हजार ६ सय ७८ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ९ हजार ६ सय ४२, कर्णाली प्रदेशमा ३ हजार २ सय २२ र सुदूरपश्चिम प्रदेशमा ७ हजार २ सय २६ जना गरी देशभरी६५ हजार २ सय २ जना डिस्चार्ज भएका छन ।