२३ भाद्र २०८३, मंगलवार
,
Latest
देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा… पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियामा सवारीसाधन एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु, ३३ घाइते



अ+ अ-

काठमाडौँ । सोमबार राति उत्तरतर्फ जाने उत्तर–दक्षिण एक्सप्रेसवेको आयर केरोह रेस्ट र सेवा नजिक तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा २७ यात्रु बोकेको एउटा टुर बस, एउटा ट्रेलर र टोयोटा बीच भएको थियो ।

स्थानीय प्रहरीका अनुसार मृत्यु हुनेमा तीन पुरुष, तीन महिला र एक बालिका रहेका छन् ।

दुर्घटनाका कारण राजमार्गको दुबै दिशामा १० किलोमिटरभन्दा बढी ट्राफिक जाम भएको थियो ।

दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ । रासस