२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकोटमा बाबुछोरा हत्या प्रकरण: जेठा छोराले गरे प्रहरीमा आत्मसमर्पण



अ+ अ-

काठमाडौँ । बालकोटमा बाबुछोरा मृत भेटिएको प्रकरणमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

हुलाक कार्यालयका कर्मचारी कुलप्रसाद आचार्य र उनका छोरा प्रवीणको हत्याबारे अनुसन्धान गरिरहेको प्रहरीले जेठा छोरालाई पक्राउ गरेको हो ।

कुलप्रसादका जेठा छोरा मिलन आचार्यले मंगलबार बिहान महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आफूले बालकोटमा बुबा र भाइलाई मारेको भन्दै आत्मसमर्पण गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी)नवराज अधिकारीले बताए।

प्रहरीले मिलनलाई बुबा र भाइ मार्नुको कारणबारे सोध्दा प्रेमिकासँगको तनावले मन अस्थिर हुँदा त्यस्तो भएको बताएका थिए ।

भक्तपुरको सूर्य विनायक नगरपालिका– २ बालकोटस्थित डेरामा सोमबार बिहान ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीण मृत भेटिएका थिए।