यस वर्ष चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।
नोबेल कमिटीका अनुसार पुरस्कार प्राप्त गर्नेहरूमा अमेरिकी वैज्ञानिकहरूमा हार्भे जे अल्टर र चाल्स एम राइस तथा बेलायतमा जन्मिएका माइकल हटन रहेका छन् ।
हेपाटाइटिस सी ले विश्वभर लाखौं मानिसलाई कलेजोको बिरामी बनाउनुका साथै धेरैको ज्यान लिने गरेको छ ।
ती वैज्ञानिकको खोजले ठूलो संख्यामा मानिसको जीवन बचाउन सकिएको नोबेल कमिटीले ठहर गरेको छ ।
नोबेल पुरस्कारहरू यसै साता घोषणा हुँदैछन् ।











