२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल खेलकुद पर्यटनको हब बन्नसक्ने प्रचुर सम्भावना छः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल खेलकुद पर्यटनको हब बन्नसक्ने प्रचुर सम्भावना रहेको बताउनुभएको छ ।

सोमवार योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज—२०२४ को उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले खेलले पर्यटन प्रवद्र्धनका साथै देश विकासमा सघाउ पुग्ने बताउनु भयो । उहाँले नेपाल विभिन्न प्रकारका खेलकुद गतिविधिहरुको लागि आकर्षक स्थल बन्ने बताएनु भयो ।

उहाँले राष्ट्रको प्रतिष्ठा बढाउन र अर्थतन्त्रलाई अगाडि बढाउन खेलकुदलाई महत्वपूर्ण आधार मान्नुपर्ने बताउनु भयो । आफ्नो प्रधानमन्त्रीको कार्यकालमा प्रधानमन्त्रीको कार्यकालमा नेपाली खेलकुदको विकासका लागि खेलकुद पूर्वाधार विकास र खेलाडीहरूलाई प्रोत्साहन गर्न विभिन्न प्रयासहरू थालेको दाबी गर्नुभयो ।

अध्यक्ष दाहालले आगामी दिनहरुमा पनि नेपाली खेलकुद क्षेत्रको विकासमा समर्पित रहने प्रतिवद्धता जनाउनु भयो ।