१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिमा सेवाको भावको महत्व बढी हुनुपर्छः उपप्रधानमन्त्री सिंह



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले क्रियाशिल सदस्यहरुलाई पार्टीका हरेक गतिविधिमा सहभागी गराउनुपर्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा नेपाली काँग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौं महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संख्या ठूलो हुने तर नेपाली काँग्रेस पार्टीका क्रियाशिल सदस्यहरुले नै क्रियाशिल सदस्यताका महत्व नबुझ्ने कुरा राम्रो नरहेको बताउनु भयो । उहाँले इतिहास स्थापना गरेको पार्टीका नेताहरुले क्रियाशिल सदस्यहरु हौँ भन्नेकुरा बिर्सिन नहुने बताउनु भयो । उहाँले आफूहरु राष्ट्र र समाजका सेवा गर्न राजनीतिमा लागेको बताउनु भयो । राजनीतिमा सेवाको भावको महत्व बढी हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले सबै क्रियाशिल सदस्यहरुलाई पार्टीका हरेक गतिविधिमा इन्भल्व गराउन सक्नुपर्छ । संख्या चाहीँ ठूलो हुने तर संख्या ठूलो भएर पनि नेपाली काँग्रेस पार्टीका क्रियाशिल सदस्यहरुले नै क्रियाशिल सदस्यताका महत्व नै बुझाउन नसकेको हो की के हो ? त्यसमा कमी, कमजोरी भएको हो की रु अब त बुझाउनुपर्यो नि त । हामी लरोतरो पार्टीको सदस्य होइन, इतिहास स्थापना गरेको पार्टी हो ।

जनताको म्याण्डेट पटकपटक लिइसकेको सदस्य हौँ भन्नेकुरा बिर्सिनु भएन । संस्थापक नेताहरुले गरेको त्याग, तपस्या बिर्सिनु भएन । राष्ट्र र समाजका सेवा गर्न हामी राजनीतिमा लागिरहेका छौँ । सेवाको भावको महत्व सबैभन्दा बढी हुनुपर्यो ।’

उपप्रधानमन्त्री सिंहले संस्थापक नेताहरुले गरेको त्याग, तपस्या बिर्सिन नहुने बताउनु भयो ।