१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलमा अनलाइन बेटिङ गरेको आरोपमा दुई भारतीय पक्राउ



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा सट्टेबाजी गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत उत्तरप्रदेश जिल्ला आग्रा सिकान्द्रा पन्चायत घर भई हाल काठमाडौं टोखा न.पा. ३ ग्राण्डी टावरमा बस्ने ४७ वर्षीय हरिस जावा ‌र ३८ वर्षीय ऋषि मातन रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले आइतबार उनीहरूलाई ग्रान्डी टावरको नेप्चुन अपार्टमेन्टको सिक्सबी फ्ल्याटबाट नियन्त्रणमा लिएको हो ।

उक्त फ्ल्याटमा अनलाइन बेटिङ भइरहेको भन्ने सूचना प्रहरीलाई प्राप्त भएपछि त्यसैका आधारमा विशेष टोली खटिएको थियो । त्यहीँबाट दुई जनालाई अनलाइन बेटिङ गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिबाट सट्टेबाजी गराउन प्रयोग भएका पाँच ओटा मोबाइल, एउटा ल्यापटप र आठ ओटा एनसेलका सिम कार्ड बरामद गरिएको छ ।

यसअघि एनपीएलकै दौरान अनलाइन बेटिङ गराएको आरोपमा चार जना भारतीय नागरिक पक्राउ परेका थिए । पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।