६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

आधारहीन आरोप आलोचनात्मक पत्रकारिता होइन : प्रेस काउन्सिल अध्यक्ष बस्नेत

आधारहीन आरोप आलोचनात्मक पत्रकारिता होइन : प्रेस काउन्सिल अध्यक्ष बस्नेत
अ+ अ-

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आधारहीन आरोप नभै स्वस्थ आलोचनाको बाटो समाउन सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

अध्यक्ष बस्नेतले युट्युव, फेसबुक पेजसहित डिजिटल माध्यममा भ्रामक र आधारहीन आरोपले प्रश्रय पाएको उल्लेख गर्दै त्यसलाई रोक्न सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्ता स्वयम् सचेत बन्नुपर्ने सुझाव दिनुभएको हो ।

काउन्सिलले नियमितरूपमा नयाँ अनलाइनका सम्पादक/प्रकाशकका लागि गर्दै आइरहेको आचारसहिंता अभिमुखीकरण कार्यक्रममा आइतवार बोल्दै अध्यक्ष बस्नेतले आधारहीन एवं एकपक्षीय आरोप, नकारात्मकता र पक्षधरताले सञ्चार माध्यमकै बदनाम भइरहेको उल्लेख गर्नुभयो ।

अनलाइनसहित कतिपय सञ्चार माध्यमले जानाजानी आरोपैआरोपको शृङ्खला सुरु गरेको र सामाजिक सञ्जालको समेत ब्यापक दुरुपयोग भएको औंल्याउनुभयो ।

पत्रकारितामा आलोचनात्मक चेत आवश्यक भएपनि आलोचना गर्नु भनेको आरोपको वर्षा लगाउनु नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पत्रकार स्वयम् सजग, सचेत र चनाखो नहुँदा यो गलत बाटोको मारमा मिडिया जगत स्वयं पर्नुपरेको छ । यसले पत्रकारिताको विश्वसनीयता खल्बलाएको छ ।”

अहिले तथ्य र आधारहीन आरोप नभएर आलोचनात्मक पत्रकारिताको खाँचो रहेको उहाँले औँल्याउनुभयो । पत्रकारले समस्या केलाउने मात्र नभएर त्यसको समाधानका लागि हुनुपर्ने कामहरूमा समेत चासो देखाउनुपर्ने बेला आएको उहाँले बताउनुभयो ।

प्रेस काउन्सिलमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले आचारसंहिता भनेको आफूले आफैलाई अनुशासनमा बाँध्ने सूत्र भएकाले पत्रकारहरूले यसको सधैँ पालना गर्नुपर्ने बताउनुभयो । उहाँले प्रेस काउन्सिलको मूल काम नै आचासंहिता निर्माण गर्ने र लागू गराउने रहेको र काउन्सिलले नयाँ सूचीकरण हुने अनलाइनलाई अभिमुखीकरण गरेदेखि यसले राम्रो नतिजा देखिएको उल्लेख गर्नुभयो । पोखरेलले पत्रकारिताभित्र आलोचनात्मक चेतलाई कमजोर बनाउन नहुने भन्दै आलोचनाका नाममा आरोप पत्रकारितालाई रोक्न काउन्सिलले विशेष सक्रियता देखाएकोमा प्रशंसा समेत गर्नुभयो ।

विषय विज्ञको रूपमा सहभागी पत्रकार फूलमान बलले पहिले पत्रकार भन्नासाथ बौद्धिक वर्ग भन्न्ने धारणा रहेको उल्लेख गर्दै त्यसमा प्रश्न उठाउने काम पत्रकार आफैले गर्न नहुने बताउनुभयो । नेपाल टेलिभिजनका निवर्तमान महाप्रबन्धक समेत रहनुभएका उहाँले अहिले गफ गरेकै भरमा गोपनीयताको ख्याल नगरी पत्रकारले लेख्छ वा पैसाको बार्गेनिङ गर्छ भन्ने भाष्य निर्माण हुन थालिनु दुखद् भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अब राज्यले पत्रकारको योग्यतासम्बन्धी स्पष्ट मापदण्ड बनाउन पनि आवश्यक छ ।”

काउन्सिलले केही महिनादेखि युट्युव, फेसबुक पेजमार्फत चलेका सञ्चारमाध्यममाथि अनुगमन र निगरानी गर्दै आएको छ । सञ्चारमाध्यमको स्वरुपमा आएका त्यस्ता सामाजिक सञ्जाललाई व्यवस्थित र मर्यादित बनाउन बेग्लै कार्यविधि बनाई काम गर्दै आएको छ ।

सोही क्रममा काउन्सिलले पत्रकार आचारसंहिता पालना गराउन कडाई गर्ने उद्धेश्यले अभिमुखिकरण, मिडिया जागरण र नियमन सुरु गरेको हो ।

काउन्सिलले रचनात्मक र समाधानमुखी पत्रकारितालाई अँगाल्न विभिन्न सञ्चार कक्ष, विश्वविद्यालय अन्तर्गतका कलेजहरुमा सुझाव दिने कामलाई अभियानको रुपमा अघि सारेको छ ।