१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोभिड–१९ सङ्क्रमण र मृत्युदरमा पनि समान्य कमी



अ+ अ-

काठमाडौं । विगत २४ घण्टामा कोभिड–१९ बाट थप सङ्क्रमितको सङ्ख्या ६१ हजार २६७ रहेको संघीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ । भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या ६६ लाख ८५ हजार ८२ पुगेको मन्त्रालयले जनाएको छ ।

विगत २४ घण्टामा देशभर मृत्यु हुनेको सङ्ख्या ८८४ रहेको छ भने अहिलेसम्म कूल एक लाख तीन हजार ५६९ पुगेको सरकारी अधिकारीले पुष्टि गरेका छन् ।

यो महिना (अक्टोबर)को पहिला पाँच दिनको तथ्याङ्क हेर्दा भारतमा कोभिड–१९ सङ्क्रमण तथा सङ्क्रमित विरामीको मृत्यु दरमा सामान्य कमी देखिएको छ ।

अक्टोबर १ का दिन ८६ हजार ८२१ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र मृत्यु एक हजार १८१ रहेकोमा अक्टोबर २ मा सङ्क्रमितको सङ्ख्या करिब पाँच हजारले कमी आई ८१ हजार ४८४ भएकोे थियो । त्यस्तै मृत्यु सङ्ख्यामा पनि करिब १०० ले कमी आई एक हजार ९५ मा झरेको थियो । महिनाको तेस्रो दिन सङ्क्रमितको सङ्ख्या अघिल्ला दिनको तुलनामा थप कमी आई ७९ हजार ४७६ कायम भएको थियो भने मृत्यु सङ्ख्या एक हजार ६९ मा झरेको थियो । अक्टोबरमा ४ मा सङ्क्रमितको सङ्ख्यामा थप कमी आई ७५ हजार ८२९ र मृतक सङ्ख्या ९४० भयो भने अक्टोबर ५ मा सङ्क्रमितको सङ्ख्या ७४ हजार ४४२ भयो र ९०३ सङ्क्रमितको मृत्यु भयो । 

भारतमा अहिलेसम्म ५६ लाख ६२ हजार ४९० व्यक्ति कोभिड–१९ सङ्क्रमणमुक्त भइसकेका छन् भने अझै पनि नौ लाख १९ हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण रहेको छ । 

भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का अनुसार भारतमा मङ्गलबारसम्म कूल ८१ लाख ७१ हजार ७९७ व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ । योमध्ये सोमबार मात्र एक लाख ८९ हजार ४०३ व्यक्तिको कोभिड–९ परीक्षण भएको बताइएको छ ।