७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश ५ को राजधानी काण्ड- रुपन्देहीका हजारौँले नेकपा परित्याग गरे



अ+ अ-

काठमाडौं । प्रदेश ५ को राजधनी बुटवलबाट सार्ने निर्णयको तरंग रुपन्देहीमा आएको छ । नेकपा र प्रदेश सरकारको यही निर्णयका कारण यस जिल्लाका नेकपाका पार्टी सदस्य रहेका रुपन्देहीका  दुई हजारभन्दा बढी व्यवसायीहरूले नेकपा परित्याग गरेका छन् । उनीहरुले मंगलबार पार्टी सदस्यबाट राजीनामा बुझाएका हुन्। 

नेकपाको सो निर्णयको विरोध गरेर यसरी राजनीतिमा दिने व्यवसायीहरुमा पार्टीको केन्द्रीय विभागका सदस्यहरू समेत परेका प्राप्त समाचारमा जनाइएको छ । यस क्षेत्रमा रहेका ३५ वटा व्यवसायिक संघसंस्थामा रहेका दुई हजार तीन सयभन्दा बढी नेकपा पार्टी सदस्यहरुले पार्टीमा राजीनामा बुझाएका बताइएको छ ।

यसरी पार्टी छोड्नेमा खासगरी यहाँका स्थानीय व्यवसायीहरु रहेका बताइएको छ । यस जिल्लाका होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पूर्वअध्यक्ष माधव नेपालले पार्टीले जनभावनाको विरुद्धमा गएर काम गरेको बताए । यहाँका नागरिकले पार्टीलाई सरकारमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भए पनि अहिले आएर पार्टीले सो कुराको मूल्यांकन नै नगरेको र व्यवसायी मतदाताको अवमूल्यन भएको पनि उनले बताए। 

व्यवसायीहरूले नेकपा नेतृत्वको सरकार र पार्टी अध्यक्ष समेतले ह्विप जारी गरेर बुटवलमा रहेको राजधानीलाई अन्यत्र  सार्ने निर्णय गरेकोले उक्त पार्टीमा रहन नसक्ने उनले जनाएका हुन्। 

‘पार्टीले राजधानी सार्ने काममा निरंकुश तरिका अपनाएको उनको आरोप छ । उनले भनेका छन्( ुहाम्रा माननीयहरूलाई मत राख्न समेत बञ्चित गरियो। यसरी निरंकुशता स्वीकार गरेर पार्टीमा बस्नुको कुनै औचित्य नभएकोले राजीनामा दिने निर्णय गरेका हौु, बुटवलमा आयोजित पत्रकार सम्मेलनमा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले भने।  

नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलमले निर्वाचनका बेला व्यवसायीको काध चढेर चुनाव जितेका पार्टीका नेताहरूसँगै बस्नुको कुनै औचित्य नभएको बताए। उनले संसदमा पेस भएको राजधानीसम्बन्धी विधेयक फिर्ता लिन आग्रह गरे। उनकाअनुसार यहाँका अधिकांश स्थानीय व्यवसायीहरुले पार्टीमा नरहने बारेमा निर्णय गर्न लागेका पनि उनले जनाएका छन् ।