२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल फिजियोथेरापी सङ्घको अध्यक्षमा श्रेष्ठ



अ+ अ-

काठमाडौँ । नेपाल फिजियोथेरापी सङ्घ(नेप्टा)को अध्यक्षमा समीदकुमार कतिला श्रेष्ठ निर्वाचित हुनुभएको छ । सङ्घको ११औँ महाधिवेशनबाट उहाको नेतृत्वमा १५ सदस्यीय केन्द्रीय कमिटी गठन भएको हो ।

कार्यसमितिको उपाध्यक्षमा श्यामसुन्दर यादव र महिला उपाध्यक्षमा डा मञ्जु ज्ञवाली चयन हुनुभएको छ ।

यसैगरी महासचिवमा सुवर्ण थापा क्षेत्री, सचिवमा ज्यानेन्द्र झा, कोषाध्यक्षमा सुजितकुमार यादव र सहकोषाध्यक्षमा ओमप्रकाश शाह निर्वाचित हुनुभएको छ ।

कार्यसमिति सदस्यहरूमा सौगात श्रेष्ठ, उज्ज्वल डोटेल, तेञ्जिङ नोर्बु लामा, धीरज श्रेष्ठ, उमाशङ्कर शाह, महिला सदस्यमा सृजना लुइँटेल, जनजातिमा कौशल दास, मधेसीमा नवीनकुमार जैसवाल चयन हुनुभएको छ ।

राष्ट्रिय परिषद् सदस्यमा नवीन सापकोटा, सुजित झा, सकुना दानी, जयराम महर्जन र अविनाश लम्साल चयन हुनुुभएको निर्वाचन समितिले जनाएको छ । देशभर तीन हजार फिजियोथेरापिस्ट रहेकामा सङ्घमा करिब ११ सय सदस्य आबद्ध रहेका जनाइएको छ ।