४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

प्रदेश पाँचको राजधानी राख्दा कुनै राजनीतिक पूर्वाग्रह छैन- मुख्यमन्त्री पोखरेल

प्रदेश पाँचको राजधानी राख्दा कुनै राजनीतिक पूर्वाग्रह छैन- मुख्यमन्त्री पोखरेल
अ+ अ-

काठमाडौं । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले यस प्रदेशको राजधानीका लागि प्रस्ताव गरिएको भालुवाङले यस प्रदेशकै समग्र विशेषताको प्रतिनिधित्व गरेको बताएका छन् । प्रदेश नं पाँचको राजधानी राख्ने विषयमा आज प्रदेश सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

उनले यो राजधानी कुनै पूर्वाग्रहका साथ नराखिएको स्पष्टीकरण दिए । भालुवाङले पाँच नम्बर प्रदेशको विशेषतालाई विशेष रुपमा प्रतिनिधित्व गर्दछ । त्यसले कुनै एउटा भेगको मात्र प्रतिनिधित्व त्यसले गर्दैन । त्यसले यस प्रदेशका प्राय सबैजसो जिल्लाका बासिन्दाहरु आएर बसोबास बसेका छन् । 

राजनीतिक आग्रहका रुपमा यो नयाँ ठाउँ तय गरिएको होइन उनले भनेका छन् । उनले अहिले नै राजधानी सार्ने नभएर प्रस्तावित स्थानमा बनाउने हो भने ।  

उनले भने- 'जुन ठाउँ हामीले तय गरेका छौँ त्यो सबैको साझा हुन्छ । त्यहाँबाट यस्तो नदी बग्छ त्यस राप्ती नदीले बाँके र बर्दिया जिल्लालाई पनि मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ । कर्णाली प्रदेशको या सुदूरपश्चिम प्रदेशको गेटवेका रुपमा पनि नेपालगञ्जलाई लिइन्छ र त्यसबाट यो नजिक छ ।' 

उनले लुम्बिनीले क्षेत्रको विकासमा प्रदेश सरकारले प्राथमिकता दिएको बताए । उनले रामग्रामको मास्टर प्लान भएको, तिलौराकोटको आयोजना अघि बढेको छ । कपिलवस्तुको विकासका आयोजना बनेका आदि बताए । 

बुटवलमा व्यावसायिक आयोजनाहरु धेरै अघि बढेका छन् । नुवाकोट र वशन्तपुर डाँडालाई जोड्ने कामका लागि हामीले निजी क्षेत्रसँग प्रक्रिया अघि बढीसकेको छ । यस क्षेत्रमा रहेका हिल स्टेसनको विकास गरी पर्यटकीय राजधानीका रुपमा विकास गर्ने निर्णय गरेका छौँ । 

यहाँ राजधानी रहेन भन्दैमा यस क्षेत्रको विकास हुदैन कि भन्ने भ्रम नराख्न आग्रह गरेका छौँ उनले भने ।