२३ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रसङ्घको ८१ औँ महासभामा सुरु हुँदै जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएल जितेको उपलक्ष्यमा जनकपुरमा साधुसन्तलाई भण्डारा



अ+ अ-

काठमाडौँ । जनकपुर बोल्ट्स पहिलो नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेसँगै मधेस प्रदेशका युवाहरुले साधुसन्तहरुलाई भण्डारा गरेका छन् ।

शनिवार भएको एनपिएलको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्समाथि ५ विकेटको जित निकालेको थियो । एनपिएल जितेको उपलक्ष्यमा जनकपुरधाममा साधुसन्तहरुलाई बेलाएर भण्डारा गरिएको हो ।

जनकपुर बोल्ट्सले एनपिएलको पहिलो उपाधी जितेको खुशीमा साधुसन्तहरुलाई खाना खुवाएको श्री महावीर युवा कमिटी, जनकपुरधामका उपाध्यक्ष सरोजकुमार चौधरीले बताउनु भयो । उहाँले शनिवार फाइनलअघि जनकपुरको जितको लागि पूजा आराधना गरेको बताउनु भयो ।

कमिटीले जनकपुर बोल्ट्सको जितका लागि विशेष पूजापाठ र हवन गरेको र आज साधुसन्तहरुलाई भण्डारा खुवाएको उहाँले बताउनु भयो ।