७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीर अस्पतालको सर्भर डाउन



फाईल फोटो
अ+ अ-

काठमाडौं । वीर अस्पतालको सर्भर डाउन हुँदा टिकट वितरण प्रभावित भएको छ । बिहानैदेखि टिकट लिन लाइनमा बसेका बिरामी समस्यामा परेका हुन् । उनीहरुले टिकट नपाएको गुनासो गरेका छन् ।

अस्पतालको सर्भर डाउन हुँदा टिकट वितरणमा समस्या आएको हो । त्यसपछि अस्पतालले नि:शुल्क टिकट वितरण गरिरहेको छ । लाइनमा बसेकाहरुलाई टिकटमा छाप लगाएर पठाइएको छ ।

उपचारका लागि टाढाटाढाबाट आएकाहरुलाई समस्या नहोस् भनेर नि:श्ुल्क टिकट वितरण गरिएको हो । अहिले चिकित्सकहरुले बिरामी जाँच्न सुरु गरिसकेका छन् ।

वीर अस्पताल नेपालकै पहिलो अस्पताल हो । तर यो अस्पतालमा बेलाबेलामा विभिन्न समस्याहरु आउने गर्दछन् । त्यस्ता समस्या दीर्घकालीन समाधान हुन सकेको छैन ।