४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

रवि लामिछानेविरुद्ध आज तीन अभियोगमा मुद्दा दर्ता गरिँदै

रवि लामिछानेविरुद्ध आज तीन अभियोगमा मुद्दा दर्ता गरिँदै
अ+ अ-

काठमाडौं । प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लगायतविरुद्ध सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणमा आज मुद्दा दर्ता हुने भएको छ । कास्की जिल्ला अदालतमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा गर्न लागेको हो ।

यसअघि आठौं पटक अदालतले रवि लगायतलाई थप गरेको म्याद शुक्रबार नै सकिएको छ । शनिबार बिदा भएकाले आज मुद्दा दायर गर्ने तयारी गरिएको हो । लामिछानेविरुद्ध तीन वटा अभियोगको तयारी गरिएको छ ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको आरोपमा लामिछानेमाथि अनुसन्धान भएको हो ।

गोर्खा मिडियामा लामिछानेको सेयरका साथै उनी प्रबन्ध निर्देशक थिए । यो मुद्दामा गोर्खा मिडियाका तत्कालीन संचालक तथा पूर्वडीआइजी छविलाल जोशी, लिला पछाई, रामप्रसाद खनाल र कृष्ण गुरुङविरुद्ध पनि मुद्दा दर्ता गर्न लागिएको छ ।

सरकारी वकिलको कार्यालयले आज नै मुद्दा दर्ता गर्नुपर्ने कानुनी बाध्यता रहेको छ । सहकारी ठगीको अनुसन्धान गर्न २५ दिन, संगठित अपराधमा ६० दिन, र सम्पत्ति शुद्धीकरण ऐनमा ९० दिनको कानुनी हदम्याद हुन्छ ।

पूर्वडीआइजी छविलाल जोशी असोज ६ गते पक्राउ परेका थिए, र उनको पक्राउको मितिबाट हदम्याद गणना गरिएको छ । यसअघि लामिछानेलाई अनुसन्धानका लागि आठ पटकसम्म म्याद थप गरिएको थियो ।

यसअघि शुक्रबार जीबी राईसहित १९ जनाविरुद्ध सरकारी वकील कार्यालयले पुरक मुद्दा दर्ता गराएको थियो । आज रविसहित पाँच जनालाई मुद्दा दर्ता गर्न लागिएको हो ।

प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाएको प्रतिवेदनमा ५१ जनालाई प्रतिवादी बनाउने सिफारिस गरिएको छ । तीमध्ये ९ जना पुर्पक्षका लागि कारागारमा छन् भने ५ जना हिरासतमा छन् । मुख्य योजनाकार मानिएका जिबी राईसहित ३७ जना फरार रहेको प्रहरीले जनाएको छ ।
सूर्यदर्शन सहकारी ठगीमा १ अर्ब ५१ करोड ४० लाख रूपैयाँ बिगो असुल गर्न सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।