५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर सिटी



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यान्चेस्टर सिटीको खराब लय जारी छ ।

भर्खरै सम्पन्न खेलमा सिटी एस्टन भिल्लासँग १–२ गोलले पराजित हुन पुग्यो । घरेलु टोलि एस्टन भिल्लाले १६ औं मिनेटमा जोन डुरानको गोलबाट अ्रगता लिएको थियो ।

६५ औं मिनेटमा मोर्गान रोजेर्सले गोल गर्दै भिल्लाको अग्रता दोब्बर पारे । खेल सकिनै लाग्दा इन्जुरी समयमा फिल फोडेनले गोल गरेपनि सिटीको हार टार्न सकेनन् ।

पराजित सिटी १७ खेलबाट २७ अंकका साथ छैटौं स्थानमा झरेको छ । भिल्ला २८ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ ।