काठमाडौ। बरिष्ठ कलाकार हरिवंश आचार्य र उहाँकी धर्मपत्नी रमिला आचार्यलाई कोरोना संक्रमण भएको छ । आचार्यले मंगलबार मध्यान्ह समाजिक सञ्जाल मार्फत आफूहरु संक्रमित भएको जानकारी गराउनु भएको हो ।
आचार्यले लेख्नु भएको छ, सामान्य लक्षण देखिएकोले हिजो मेरो र मेरो श्रीमती रमिलाको पिसिआर परीक्षण गरेका थियौं । हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो । हाम्रो स्वास्थ्य अवस्था सामान्य छ, हामीसंग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला । यहाँहरुको माया, आशिर्वाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्नेछौं र कोरोना संक्रमण व्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं ।











