१ आश्विन २०८३, बिहीबार
,
Latest
सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजना : विद्युत् खर्च ४२ लाखसम्म अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने अनधिकृत रूपमा डिजेल झिकेको आरोपमा कारबाही भोटे कोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार



अ+ अ-

मस्को। रुसले युरोपेली मुलुकसँग सम्पर्क र वार्ताका लागि कुनै चेतावनी नदिएको अवस्थामा आफू खुला रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार नियमित पत्रकार सम्मेलनमा बताउनुभएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि बारम्बार रुस युरोपसँग वार्ता र सम्पर्कका लागि तयार रहेको बताउँदै आउनुभएको छ ।

“युरोपेलीहरू रुस कमजोर छ भन्ने धारणामा रहेर वार्ता हुनुपर्छ भन्ने चाहन्छन् यो कुरा गलत छ”, उहाँले भन्नुभयोे, “यस्तो दृष्टिकोणले कहीँ पनि पुर्याउँदैन।”

पेस्कोभले भन्नुभयो, “यदि युरोपका राजनीतिक शक्तिहरूले शर्त जारी नगरी वा मस्कोलाई सिकाउने प्रयास नगरी रूससँग पुनः वार्ता सुरु गर्न आवश्यक हुन्छ र यसमा युरोप तयार रहन्छ भने रूस यसका लागि तयार हुनेछ । रासस