सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा संवैधानिक नियुक्ति र राजनीतिक नियुक्तिका विषयमा छलफल भएको छ । पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगबाट राजदूत नियुक्त गरेपछि नेकपाका नेताहरु असन्तुष्ट थिए । प्रधानमन्त्री ओलीले तीन देशका लागि एकलौटी ढंगबाट राजदूत नियुक्त गरेको आरोप नेताहरुले लगाएपनि सचिवालय बैठकमा भने सामान्य छलफल मात्रै भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।











