• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   शेखर कोईरालालक्षित काँग्रेस सांसद लिम्बूको टिप्पणी: नयाँ सरकार निर्माणमा धोकाधडी नहोस् ★   विश्व निकेतन स्कूलको झ्यालबाट छोएको बागमतीको ‘बाढी पो बाढी त’…. ★   प्रधानमन्त्री अल्पमतमा छन्, तत्काल राजीनामा दिनुपर्छ: प्रतिनिधि सभाका सांसदहरु ★   तपाईको जीवनमा शुभ समय आउनुअघि घरमा देखिन्छन् यी संकेत ★   कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेपछि सतर्क रहन आग्रह ★   जयपृथ्वी राजमार्ग अवरूद्ध ★   मनोज गजुरेलको घरमा ताला लगाउन दलबलसहित पुगेकी मीना ढकाल पक्राउ ★   दोर्दीको दारबाट ठेकीदेखि करुवासम्म ★   युरो कपको सेमिफाइनलमा कुन–कुन टिम भिड्दैछन् ? ★   उर्लिएको नारायणीमा एक पुरुषले साइकल पुलमै छाडेर हामफाले

मुम्बईको प्रभावशाली खेल, राजस्थान रोयल्स ५७ रनले पराजित



दुबईः रेकर्ड चार पटकको च्याम्पियन मुम्बई इन्डियन्सले मंगलबार ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विधामा उत्कृष्ट प्रदर्शन गर्दै राजस्थान रोयल्सलाई ५७ रनले पराजित गरेको छ ।

यो जितसँगै मुम्बई ६ खेलबाट ८ अंक जोड्दै अंक तालिकामा पहिलो स्थानमा उक्लेको छ । ५ खेल खेलेको दिल्ली क्यापिटल्स समान ८ अंक भएपनि रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले ४ विकेटको क्षतिमा १९३ रन बनाएको थियो । मुम्बईका लागि क्वीन्टन डि ककले २३, रोहित शर्माले ३५, सूर्यकुमार यादवले ७९, हार्दिक पान्ड्याले ३० तथा क्रुनाल पान्ड्याले १२ रन बनाएका थिए ।

१९४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा राजस्थान रोयल्स शुरुदेखि नै दबाबमा थियो । यशस्वी जैसवाल (०), कप्तान स्टिभेन स्मिथ (६), सन्जु सामसन (०), महिपाल लोमरोर (११), राहुल तेबतीया (५), श्रेयस गोपाल (१), अंकित राजपूत (२) बनाएर सस्तैमा आउट भए ।

राजस्थानका लागि जस बटलरले ७० रनको महत्वपूर्ण पाली खेलेका थिए भने जोफ्रा आर्चरले २४ रन बनाएका थिए ।

राजस्थानको पूरै इनिङ १८.१ ओभरमा १३६ रनमै समेटिएको थियो । मुम्बईका जसप्रित बुमराहले २० रन दिएर ४ विकेट लिएका थिए । ट्रेन्ट बोल्ट र जेम्स प्याटिसनले पनि समान २–२ विकेट लिएका थिए ।

मुम्बईका सूर्यकुमार प्लेयर अफ द म्याच घोषित भए । 

बुधबार कोलकाता नाइट राइडर्स र चेन्नाई सुपर किंग्सबीच खेल हुनेछ ।
(एजेन्सी)