८ श्रावण २०८३, शुक्रबार
,
Latest
‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना तीनवटा संसदीय समितिको बैठक बस्दै वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर यसरी सम्भव छ बाह्रैमास पर्यटन बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरद्वारा प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही सिफारिस



फाईल फोटो
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई छानबिन गर्न सिफारिस गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आधिकारिक प्रक्रिया पूरा नगरी नक्सा पास गरेको भन्दै कारबाही गर्न महानगरले सम्बन्धित निकायलाई सिफारिस गरेको हो ।

भवन निर्माणको नक्सा पास कागजागतको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको देखिएको महानगरले जनाएको छ ।

भदौ २७ गते गुरागाईं काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा आएका थिए ।