५ असार २०८३, शुक्रबार
,
Latest
गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला हिंसाका दोषीलाई कडा कारवाहीको माग



अ+ अ-

काठमाडौँ । अन्तरपार्टी महिला सञ्जालले विश्व कोरोना महामारीले आक्रान्त भइरहेको विषय स्थितिमा पनि महिलामाथिको हिंसा, बलात्कार, हत्या, बोक्सीको नाममा दिइने यातना र एसिड आक्रमणजस्ता अपराधका घटना नरोकिएकाले कडा कारवाहीको माग गरेको छ ।

सञ्जालले फाष्टट्रयाक अदालतका संयन्त्र खडा गरी लोकतान्त्रिक गणतन्त्र र सङ्घीयताको मर्म तथा विधि पद्धतिको सुशासनका लागि दोषीलाई कारवाही र पीडितलाई न्याय दिन माग गरेको हो । सञ्जालका अध्यक्ष सावित्रा भुसालसहितको टोलीले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापालाई मङ्गलबार अलग–अलग भेटी सो ध्यानाकर्षण गराएकी थिईन । सो पत्रमा गम्भीर प्रकृतिका घटनाको निष्पक्षरूपमा छानबिन गरी अपराधीलाई हदैसम्मको सजाय र पीडितलाई न्याय दिलाउन माग गरिएको छ ।

सो अवसरमा सभापति श्रेष्ठ र गृहमन्त्री थापाले महिलामाथि जघन्य प्रकारका मानवअधिकार हननका घटनालाई रोक्नका लागि आवश्यक कानून निर्माण, विद्यमान कानून संशोधनलगायत विषयमा गृह मन्त्रालयलगायत सम्बन्धित निकायलाई समितिको तर्फबाट निर्देश गरिसकिएको अवगत गराएका थिए ।