१८ असार २०८३, बिहीबार
,
Latest
राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले भन्यो- संक्रमण बढ्दो छ, उपत्यकामा उच्च सतर्कता अपनाउँ



अ+ अ-

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।  

अन्य जिल्लाको तुलनामा उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन सरकारले अपिल गरेको हो । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले उपत्यकामा संक्रमण नियन्त्रण उन्मुख नरहेकाले उच्च सतर्कता अपनाउन जरुरी रहेको बताउनुभयो । संक्रमणको दर अझ नियन्त्रण बाहिर गए ठूलो जोखिम निम्तिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अन्य जिल्लामा नियन्त्रण उन्मुख हुँदै गएपनि काठमाडौं उपत्यका उच्च जोखिममा छ । आधाभन्दा बढी संक्रमितको संख्या उपत्यकामै रहेको छ । नियन्त्रण उन्मुख रहेको छैन सतर्कता अपनाउनुपर्ने जरुरी रहेको छ । ४० लाख बसोबास गर्ने उपत्यकामा संक्रमण अनियन्त्रित भयो भने त्यसले ठूलो जोखिममा पुर्याउन सक्छ । आफुले सेवा दिँदा वा लिँदा व्यवसाय गर्दा, यातायातमा हिडडुल गर्दा, अरु खालका गतिविधि गर्दा जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउनुका लागि आग्रह गर्दछु ।’’

उहाँले सुरक्षा संवेदनशिलतालाई ध्यानमा राख्दै दशै तिहार जस्ता पर्व मनाउन पनि आग्रह गर्नुभयो । आफु स्वस्थ रहे फेरीपनि चाडबाड मनाउन सकिने भएको उल्लेख गर्दै उहाँले काठमाडौंबाट गाउँ जाँने र गाउँबाट काठमाडौं आउने गर्दा कोरोनको जोखिम पनि बढ्दै जाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘६० मुनिकाको संक्रमण दर र मृत्यु दरपनि तुलनात्मक रुपमा कम रहेको छ । ६० वर्षमाथिको बढी रहेको छ । ओहोरदोहोर गर्दा आउन जोखिमलाई कम गर्न ध्यानमा राखौँ । आर्शिवाद बचाउँ ।’’

सरकारले सुरक्षासम्बन्धि मापदण्ड पूर्ण रुपमा पालना गरी विभिन्न तहका परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ । लोकसेवा आयोग, विश्व विद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह र विषयका परीक्षण सञ्चलन गर्न सैद्धान्तिक अनुमित प्रदान गरिएको उहाँले बताउनुभयो । यस्तै व्यवसायीक तालिम प्रदायक संस्थाहरुलाई पनि छोटा अवधिको तालिम सञ्चालन गर्न अनुमति दिएको छ । तालिममा २५ जनाभन्दा बढी सहभागित नहुने गरी स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्नुपर्ने छ । यस्तै विज्ञापन बोर्डको आर्थिक वर्ष २०७७/०७८ का लागि अधिकृतस्तरका ५ जना कर्मचारीहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको उहाँले बताउनुभयो । 

यस्तै शिक्षक सेवा आयोगको अध्यक्ष र एकजना महिला सहित अन्य दुई जना सदस्यहरुको नियुक्तिको लागि सिफारिस गर्न सिफारिस समिति गठन गर्ने निर्णय पनि सरकारले गरेको छ । यसैगरी कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा कृषि मन्त्रालमा कार्यरत सहसचितव डा. योगेन्द्र कुमार कर्की र कार्यकारी निर्देशकमा नेपाल कृषि सेवा एगृ.इको. एण्ड मार्केटिङ समूहका वरिष्ठ कृषि अर्थ विज्ञ विनोद कुमार भट्टराईलाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ ।