९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कुल सङ्क्रमितको संख्या ६७ लाख ५७ हजार नाघ्यो



अ+ अ-

नयाँदिल्ली ।  भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या साढे ६७ लाखभन्दा बढी पुगेको छ । 

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म ६७ लाख ५७ हजार १३१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । 

कुल सङ्क्रमित मध्ये ७२ हजार ४९ जना पछिल्लो २४ घण्टामा थपिएको पनि अधिकारीहरुले जनाएका छन् । 

त्यसैगरी कुल सङ्क्रमित मध्ये ५७ लाख ४४ हजार ६९३ जना सङ्क्रमणमुक्त भइसकेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको दर ८५.०२ प्रतिशत रहेको छ । 

भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख चार हजार ५५५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ती मध्ये ९८६ जनाको पछिल्लो २४ घण्टामा निधन भएको छ । 
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरु मध्ये १।५५ प्रतिशतको मात्रै मृत्यु भएको पाइएको छ । 

भारतमा अहिले पनि नौ लाख सात हजार ८८३ जना कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेका छन् । 

प्रदेश अनुसार हेर्दा भारतको महाराष्ट्र प्रदेशमा सबैभन्दा धेरै सङ्क्रमितहरु रहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा अहिलेसम्म आठ करोड २२ लाख ७१ हजार ६५४ जनाको कोरोना परीक्षण गरिएको छ ।