४ पुष २०८१, बिहीबार
,
Latest
पुटिन भन्छन्ः युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु धापासीस्थित एक घरमा भीषण आगलागी बागलुङको सिगाना गाउँका किसानले बेचे तीन करोड बढीको सुन्तला राजनैतिक स्वार्थ लाद्ना खोज्दा पदाधिकारी सिफारिस हुन नसकेको द्वन्दपीडितको आरोप स्क्यानर फुटाएको आरोपमा कालिगण्डकी गाउँपालिका अध्यक्ष थापा पक्राउ आइएमई पे एपबाट आईईएलटीएस टेस्टको शुल्क भुक्तानी गर्दा रु २००० छुट धापासीस्थित शिव मन्दिर हाइटमा भीषण आगलागी ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न सर्वोच्चको अन्तरिम आदेश परराष्ट्रमन्त्री नयाँ दिल्लीमा, भोलि नेपाल भारत आर्थिक सम्मेलनलाई सम्बोधन गर्ने भारतबाट विद्युत आयात नगरे अहिले पनि १० घण्टा लोडसेडिङ भोग्नुपर्ने अवस्था छः अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जनयुद्ध’ शब्द प्रयोग नगर्न सर्वोच्चको अन्तरिम आदेश



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले जनयुद्ध शब्द प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ । संवैधानिक इजलासले गत मंसिर २६ गते गरेको निर्णय आज प्रमाणीकरण भएको हो।

संघीय सरकार र मधेस सरकारको बजेट वक्तव्यमा जनयुद्ध शब्द प्रयोग भएकोमा सो शब्द संविधान विपरित रहेकोले हटाउन माग गर्दै ज्ञानेन्द्रराज आरणले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले आव २०८१/८२ को बजेट वक्तव्यको बुँदा नं २, विनियोजन ऐन २०८१ मा र मधेस प्रदेशको बजेटमा प्रयोग भएको जनयुद्ध शब्द हाललाई प्रयोग नगर्न अन्तरिमआदेश जारी गरेको हो ।

साथै सरकारलाई लिखित जवाफ पेस गर्न पनि सर्वोच्चले आदेश दिएको छ। जनयुद्ध शब्द संविधानको प्रस्तावना र धारा ४२९५० प्रतिकूल भएको सर्वोच्चको ठहर छ ।