२० माघ २०८१, आईतवार
,
Latest
जनकपुरमा व्यवसायीमाथि रड प्रहार गरी निर्घात कुटपिट जनकपुरमा कवाड व्यवसायीमाथि रड प्रहार, पाँच जना प्रहरी नियन्त्रणमा विश्वका ५ खतरनाक पुलहरु जसमा यात्रा गर्दा शरीर काँप्छ संरक्षित क्षेत्रमा सर्वोच्च अदालतको निर्णय पालना भए मुलुक जलविद्युत उत्पादनमा २० वर्ष पछि धकेलिन्छः अध्यक्ष… नेतन्याहूले गाजा युद्धविरामको दोस्रो चरणबारे अमेरिकासँग छलफल गर्ने अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण बाह्र किलोको काउली फलाएका खत्री भन्नुहुन्छ– ‘विदेश जाने सोच कहिले पनि आएन’ उदित नारायणले लाइभ शोमा एक युवतीलाई ओठमै किस गरेपछि… मकवानपुरमा भिरबाट लडेर एक युवकको मृत्यु प्रभु साहविरुद्ध अवहेलना मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधनमार्फत दलित शब्द हटाउँः वामदेव गौतम



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधान संशोधनमार्फत ऐन तथा कानूनहरुबाट दलित शब्द हटाउनुपर्ने बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबै ठाउँबाट दलित शब्द नहटाएसम्म दलित समुदायमाथिको भेदभावको अन्त्य गर्न नसकिने बताउनु भयो । छलफल र बहसको थिचोमिचोले छुवाछुत र सामाजिक भेदभाव अन्त्य नहुने उहाँको जिकिर छ । उहाँले दलित समूदाय माथि विगत २० वर्षदेखि अन्याय भइरहेको उल्लेख गर्दै सरकारले क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बतउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो डिक्सनरीबाट दलित शब्द हटाईदिउँ । त्यहाँ छ कि छैन व्यवस्था । छैन भने गरौं । दलित शब्द आउँछ नै भन्नुहुन्छ भने संविधान संशोधन गरेर भएपनि सबै ठाउँबाट हटाउनुप¥यो । एकातिर दलितमाथि भेदभाव भयो, अधिकार हनन भयो भन्ने भाषाशैली संविधान, ऐन, कानूनदेखि जुनसुकै विद्वानहरुले लेख्ने दस्तावेजमा पनि दलित समुदाय मात्र भनेको छ । दलित भनेको के रु आउँछ । हामीले संविधान बनाउँदा पनि ख्याल गरेनौं । अब ख्याल भएको छ । त्यो संशोधन हुनुपर्छ । दलित समुदाय भन्ने विषय अन्त्य गर्नुपर्छ । यस्तो थिचोमिचो कुरा गरेर भेदभाव अन्त्य हुदैन । त्यसकारण मैले पटक पटक यहाँ भनेको छु भेदभाव र छुवाछुत गर्ने व्यवस्थालाई यसरि समाप्त गरौं कि कुनैपनि ठाउँमा नलेखेर समाप्त भयो भन्ने र त्यो अवस्था व्यहोर्नुपरेको कारण क्षतिपूर्ति दिने व्यवस्था गरौं ।’

बैठकमा बोल्ने अधिकांश सांसदहरुले दलित समुदायको अधिकार र विकाससम्बन्धी विधेयक छिटो ल्याउनुपर्ने माग राख्नुभएको छ । समितिले संसद्को आउँदो अधिवेशनमा विधेयक पेस गर्नेगरी गृहकार्यमा लाग्न सरकारलाई निर्देशन समेत दिएको छ ।