५ असार २०८३, शुक्रबार
,
Latest
गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचियर वितरण



अ+ अ-

काठमाडौ । सरकारले अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचियर वितरण गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सहायक सामग्रीको सहज पहुँचमा पुग्न नसकेका २४० जना अपांगता भएका व्यक्तिलाई आधुनिक मोडलको ह्वीलचियर वितरण गर्नु भएको हो । बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच वितरण गरिएको सो ह्वीलचियरको बजार मूल्य १५ हजारदेखि २ लाख ५० हजारसम्मका रहेका छन । कार्यक्रममा बोल्दै मन्त्री गुरुङले कोरोना भाइरसका कारण झनै समस्यामा परिरहेका अपांगता भएका व्यक्तिहरुको जिम्मा राज्यले लिने बताउनु भयो । उहाँले भौतिक पूर्वाधारसहितको अपांगता मैत्री वातावरण निर्माणमा ध्यान दिन पनि सबैलाई आह्वान गर्नु भयो । ‘अपांगता मैंत्री वातावरण निर्माणमा लाग्न म सबैलाई आह्वान गर्दछु,’ मन्त्री गुरुङले भन्नु भयो,‘कोराना भाईरसका कारण झनै संकटमा परेका अपांगता भएका व्यक्तिहरुको जिम्मा राज्यले लिन्छ ।’


‘अम होँङ गिल ह्युमन फाउन्डेशन’को सहयोगमा उपलब्ध गराएको सो ह्वीलचियर काठमाडौं उपत्यका बाहिरका जिल्लामा पनि आवश्यक्ता अनुसार वितरण गर्ने व्यवस्था मिलाइएको राष्ट्रिय अपांग कोषका सभापति रमेश लामाले जानकारी दिनु भयो । त्यस अवसरमा मन्त्री गुरुङले अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचियर उपलब्ध गराएको सो फाउन्डेशनप्रति आभार पनि व्यक्त गर्नु भएको थियो । कार्यक्रममा समाज कल्याण परिषदका सदस्य सचिव पुस्कर खाती, राष्ट्रिय अपांग महासंघ–नेपालका अध्यक्ष मित्रलाल शर्मा तथा अपांगताका क्षेत्रमा कार्यरत संघ, संस्थाहरुको पनि उपस्थिति रहेको थियो ।