९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछाने हिरासतमा सुतेको फोटो बाहिरियो, रास्वपाको आपत्ति



अ+ अ-

काठमाडौं । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको एउटा सिसिटिभी फोटो बाहिरिएको छ । फोटो बाहिरीएपछि रास्वपाका नेताहरुले आक्रोश व्यक्त गरेका छन् ।

सार्वजनिक भएको फोटोमा रवि सुतिरहेको देखिन्छ । यो फोटो किन र कसरी सार्वजनिक गरियो भन्ने खुलेको छैन । तर रास्वपाका नेताहरुले आपत्ति जनाएका छन् ।

पार्टीका नेता दीपक बोहराले फेसबुकमा स्टाटस लेखेर कास्की प्रहरीले यो फोटो के कारण बाहिर ल्यायो र यसको मूल्य कति हो भन्दै प्रश्न गरेका छन् । उनले देशमा न्याय नमरेको भए यस्ता किसिमका क्रियाकलाप गर्न नहुनेसमेत उल्लेख गरेका छन् ।

रास्वपा सहप्रवक्ता प्रतिभा रावलले पनि फेसबुकमा विरोध गर्दै स्टाटस लेखेकी छन् ।

सभापति लामिछानेको सचिवालयले प्रहरीले नै उक्त फोटो सार्वजनिक गरेको दाबी गरेको छ । लामिछानेको सचिवालयमा रहेका प्रमोद न्यौपानेले लेखेका छन्, ‘रवि लामिछानेको हिरासतमा सुतिरहेको यो सिसिटिभीबाट लिएको फोटो बाहिरिएको छ । सिसिटिभीको नियन्त्रण प्रहरीसँग हुन्छ । त्यसैले यो फोटो प्रहरीबाटै बाहिरिएको हो । कुन उद्देश्यमा यो फोटो बाहिर लगियो ? यसको जवाफ प्रहरीले दिनुपर्छ ।’