२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछाने हिरासतमा सुतेको फोटो बाहिरियो, रास्वपाको आपत्ति



अ+ अ-

काठमाडौं । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको एउटा सिसिटिभी फोटो बाहिरिएको छ । फोटो बाहिरीएपछि रास्वपाका नेताहरुले आक्रोश व्यक्त गरेका छन् ।

सार्वजनिक भएको फोटोमा रवि सुतिरहेको देखिन्छ । यो फोटो किन र कसरी सार्वजनिक गरियो भन्ने खुलेको छैन । तर रास्वपाका नेताहरुले आपत्ति जनाएका छन् ।

पार्टीका नेता दीपक बोहराले फेसबुकमा स्टाटस लेखेर कास्की प्रहरीले यो फोटो के कारण बाहिर ल्यायो र यसको मूल्य कति हो भन्दै प्रश्न गरेका छन् । उनले देशमा न्याय नमरेको भए यस्ता किसिमका क्रियाकलाप गर्न नहुनेसमेत उल्लेख गरेका छन् ।

रास्वपा सहप्रवक्ता प्रतिभा रावलले पनि फेसबुकमा विरोध गर्दै स्टाटस लेखेकी छन् ।

सभापति लामिछानेको सचिवालयले प्रहरीले नै उक्त फोटो सार्वजनिक गरेको दाबी गरेको छ । लामिछानेको सचिवालयमा रहेका प्रमोद न्यौपानेले लेखेका छन्, ‘रवि लामिछानेको हिरासतमा सुतिरहेको यो सिसिटिभीबाट लिएको फोटो बाहिरिएको छ । सिसिटिभीको नियन्त्रण प्रहरीसँग हुन्छ । त्यसैले यो फोटो प्रहरीबाटै बाहिरिएको हो । कुन उद्देश्यमा यो फोटो बाहिर लगियो ? यसको जवाफ प्रहरीले दिनुपर्छ ।’