२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसईईमा फेरि नयाँ नियम: नन ग्रेडेड विषयमा मात्रै परीक्षा दिए पुग्ने



फोटोः फाइल
अ+ अ-

काठमाडौं : परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात एसईईमा विद्यार्थीले अघिल्लो वर्ष एनजी आएको विषयको मात्रै परीक्षा दिन पाउने गरि नयाँ व्यवस्था गर्ने भएको छ ।

यसै वर्षदेखि लागू हुने गर्न लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी जुन विषयमा एनजी आएको हो त्यही विषयको मात्रै परीक्षा दिन पाउने प्रावधानको व्यवस्था गर्न लागिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले राससलाइ जानकारी दिनुभयो ।

कक्षा ८, १०, १२ मा सबै विषयमा अनिवार्य रुपमा सैद्धान्तिकमा डी र प्रयोगात्मकमा सी ल्याउनै पर्ने व्यवस्था छ ।

संशोधन गरिएको निर्देशिका अनुसार नियमित वा ग्रेड वृद्धि परीक्षामा कम्तीमा डी ल्याउनै पर्ने हुन्छ । विद्यार्थीले नियमित र मौका परीक्षा दिँदा पनि जुन जुन विषयमा एनजी आएको छ, त्यो विषयको मात्रै परीक्षा दिन पाउने उहाँले बताउनुभयो ।

विद्यार्थीले यस्तो यो अवसर तीन वर्षसम्म पाउने छन् । यस वर्ष कक्षा १० को अन्तिम परीक्षा चैत ७ गतेदेखि हुँदैछ ।