६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्याय सेवामाथि आम जनताको विश्वास र भरोसा छः कानूनमन्त्री चौरसिया



अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले आम जनताको विश्वास र भरोसा न्याय सेवामाथि रहेको बताउनुभएको छ ।

बुधवार न्याय परिषद् दिवस, २०८१ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौरसियाले न्याय सेवालाई थप परिस्कृत र सुदृढिकरण गर्दै लग्नुपर्ने बताउनुभएको हो । उहाँले कार्यपालिका अथवा कुनैपनि व्यक्तिबाट अन्याय भएको खण्डमा न्याय खोज्ने एक मात्र ठाउँ न्यायपालिका रहेको बताउनु भयो । उहाँले न्याय सम्पादनका क्रममा न्यायाधीशहरु कार्यालय समयभन्दा ढिलोसम्म बसेर पनि काम गर्नुपर्ने अवस्थामा पनि सरकारले प्रोत्साहन भत्ता दिन नसकेकोमा दुखेसो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको संविधानले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई सन्तुलनमा राखेको छ । आम जनताको विश्वास र भरोसा न्याय सेवामाथि रहेको छ । कार्यपालिका र कुनै व्यक्तिबाट अन्याय भएको खण्डमा सिधै न्यायपालिकामा जाने हो । न्यायपालिकाका श्रीमानहरुले जसरी बिहान ९ बजेदेखि कहिले कहीँ ढिला भएर साँझ ६÷७ बजेसम्म इजलासमा बस्नुपर्ने र घरमा पुगेपछि त्यो फैसलाहरु लेख्दै बस्नुपर्छ । प्रोत्साहन भत्ता नपाउँदा पनि कर्मचारीहरुले समेत कार्यालय समयभन्दा बढी समय काम गर्दै आउनुभएको छ । न्याय क्षेत्रमा सरकारले बजेट पनि दिन सकेको छैन । देशको अवस्था आफैं नराम्रो स्थितिमा रहेको छ । युक्रेन युद्ध र कोरोनादेखि लिएर नेपालमा मन्दी छ ।’

उहाँले कोरोना कहरदेखि लिएर रुस–युक्रेन युद्धको कारण थालिएको मुलुक बिस्तारै ट्र्याकमा आइरहेको बताउनु भयो ।