२० माघ २०८१, आईतवार
,
Latest
जिमेल एकाउन्टमा एआई प्रयोग गरेर ह्याक के यो बियोन्सेको समय हो ? सङगीतका ए–लिस्टरहरू ग्रामीका लागि तयार आसनग्रहण गरिरहेको अवस्थामा एक्कासी ढलेका सांसद भट्टको स्वास्थ्य अवस्था कस्तो छ ? अध्यादेश तत्काल फिर्ता लिनुपर्छः सांसद शर्मा गैरआवासीय नेपालीलाई वंशजको नागरिकता दिनुपर्छः सांसद सापकोटा समय तोकेर समाजवाद निर्माणको जिम्मेवारी दिनुस्, समाजवाद ल्याउन नसके मृत्युदण्ड भोग्न तयार छुः वामदेव गौतम चीनद्वारा नयाँ अमेरिकी भन्सार महसुलको ‘दृढ विरोध’ गर्दै ‘जवाफी कदम’ को चेतावनी आयोजक टाइगर ग्रुपले जित्यो टाइगर कपको उपाधि निर्माण व्यवसायीको अघिल्लो वर्षको भुक्तानी बाँकी छैन, कानून बमोजिम दाबी भुक्तानी पनि रोकिँदैनः अर्थमन्त्री पौडेल राष्ट्रियसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्ने संस्था श्रम मन्त्रालय मातहत राख्नुपर्छः मन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्न एउटा छुट्टै संस्था स्थापना गरेर श्रम मन्त्रालय मातहत आवश्यकता रहेको बताउनुभएको छ ।

मंगलवार अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्नको लागि कानूनले व्यवस्था गरेअनुसारको संस्था खोल्न सरकार लागिपरेको बताउनु भयो । उहाँले स्वास्थ्य मन्त्रालय मातहत रहेको कारण स्वस्थ्य परीक्षण गर्ने संस्थाहरुले बद्मासी गरेपनि श्रम मन्त्रालयले कारबाही गर्नसक्ने अवस्था नरहेको बताउनु भयो । उहाँले वेदैशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुलाई मापदण्डमा ल्याउन सकेको अवस्थामा श्रमिकहरु डेथ ट्र्यापमा पर्ने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब नेपाल सरकार, श्रम मन्त्रालयले ऐन र कानूनको आधारमा वैदेशीक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्नको निम्ति कानूनले व्यवस्था गरेको संस्था श्रम मन्त्रालयले दर्ता गर्छ । स्वास्थ्य सम्बन्धी त स्वास्थ्य मन्त्रालयले हेर्ने हो नि त । तर श्रम मन्त्रालयले आफू मातहत राख्छ । गर्छ किनभने वैदेशीक रोजगारीमा जाने नागरिकको स्वास्थ्यमा भोलिको दिनमा केही समस्या परेको खण्डमा उक्त संस्थालाई कारबाही गर्ने अधिकार श्रम मन्त्रालयसँग हुन्छ । बन्द गर्ने अधिकार नि हुन्छ । अहिले यो काम ठूला—ठूला अस्पतालहरुले गरिरहेका छन् । अब उनीहरुले बद्मासी गरेको अवस्थामा कसले कारबाही गर्ने रु श्रम मन्त्रालय ले त सक्दैन । यसो गर्न सकेको अवस्थामा वैदेशीक रोजगारीमा जाने श्रमिकहरु डेथ ट्र्यापबाट जोगाउन सकिन्छ ।’

उहाँले वैदेशिक रोजगारीको क्षेत्रमा रेहका समस्याहरुको समाधान गर्नको सरकार र रोजगारदाताहरुले चनाखो भएर लाग्नुपर्ने बताउनु भयो । त्यस्तै, कार्यक्रममा बोल्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्र ९जेटियुसिसी० का अध्यक्ष योगेन्द्र कुँवरले वैदेशिक रोजगारको क्षेत्रमा रेहका समस्याहरुको समाधान गर्नको लागि उपलब्ध ऐन र कानूनरुको सही कार्यान्वयन आवश्यक रहेको बताउनु भयो । उहाँले ऐन र कानूनहरुको सही कार्यान्वयन नगरिँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले दुख पाइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वैदेशिक रोजगारसम्बधी ऐन र कानूनहरुको सही कार्यान्वयन गर्न जरुरी रहेको छ । कानून र नीति पर्याप्त छन्, समस्या छैन । त्यो लागू नहुँदाको समस्या हो । सबै बसेर कानून बनाएका छौं । तर सबै बसेर त्यो कानून कार्यान्वयनको लागि आवाज उठाउनुपर्ने समस्या छ ।’

उहाँले सरकारलाई श्रम नीति र वैदेशिक रोजगारीसम्बन्धी ऐनको कार्यान्वयनको लागि दबाब दिनुपर्ने बताउनु भयो ।