४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङलाई २२६ रनले पराजित गर्दै एक खेलअगावै नेपालले जित्यो सिरिज



अ+ अ-

काठमाडौं । एक दिवसीय यू-१९ सिरिजमा नेपालले हङकङलाई २२६ रनको भारी अन्तरले हराएको छ । यससँगै नेपालले लगातार दुई खेलमा जित निकाल्दै एक खेलअगावै  सिरिज आफ्नो पक्षको पारेका छ ।

मूलपानी क्रिकेट मैदानमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको हङकङ २९ ओभर ४ बलमा ७१ रनमा समेटियो । उसका कप्तान शिव माथुरले सर्वाधिक १६ रन जोडे । प्रित मांगुकियाले १४ र आरेज डरले १५ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

हङकङलाई सस्तैमा समेट्न नेपालका दयानन्ड मण्डलले ४ विकेट लिए । अपराजित पौडेल र किर्बिन श्रेष्ठले दुई/दुई तथा नरेन भट्ट र सन्तोष यादवले एक/एक विकेट लिए ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९७ रन बनाएको थियो । नेपालका लागि ओपनर सोहिल कुँवरले सर्वाधिक ८१ रन जोडेका थिए । कुँवरले १०९ बलमा ९ चौका र एक छक्का प्रहार गरे । सन्तोष यादव ६६ रनमा अविजित रहँदा कप्तान अभिषेख तिवारीले २६, अपराजित पौडेल ११, दिलसद अलिले ४१ रन बनाए ।

बलिङमा हङकङका डेनियल म्यापले ३ विकेट लिए ।

अन्तिम खेल शुक्रबार हुनेछ ।