२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसमः केही स्थानमा हल्का वर्षाको सम्भावना



अ+ अ-

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको छ। महाशाखाका अनुसार बंगालको खाडीको उत्तर पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ। 

बिहीबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ। राती देशभर आंशिकदेखि सामान्य बदली रहि प्रदेश १ का एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।